
Rgp1
Ggp
Pes
pku
cjs
Rgp
Unsku
Sgr
Gfs
sbs
Pbu
Srbpu
Djs
Lnp

Ssm
Ksm
Rgu
Sbs
Wsp
Rgu
Bbu
Rsb
Asm
Tsm
Hal
Bbbpu
Sls
nsb
Ggd
Vor
Rgs
Pvg
Gst

Mks
Syp
Rmb
Gsb
sab
Bml
Ptm
Jmb
Jmb
bbt
Rpp
Pls
Abd
रुपन्देही । राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बसेको रुपन्देही कारागारको कोठामा वातानुकूलित एसी नरहेको र झ्याल प्लाइउडले टालेर बन्द गरिएको स्पष्ट पारेको छ ।
यस्तै कारागारको अनुगमनपछि मानवअधिकार आयोगका प्रतिनिधिहरूले कारागारभित्र आधारभूत सुविधाहरुको अभाव रहेको टिप्पणी गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता लिली थापाले क्षमताभन्दा अत्यधिक संख्यामा कैदी बन्दी राखिएको, कारागारभित्र पर्याप्त शौचालय नरहेको र भएका शौचालयको अवस्था पनि राम्रो नभएको बताएकी छन् ।
त्यस्तै रविलाई राखिएको ब्लकभित्र झ्याल टालिएकाले राम्ररी हावा पास हुने अवस्था नदेखिएको,कोठामा एउटा चाइनिज र अर्को पार्टी प्यालेसमा प्रयोग हुने ठूलो गरी दुई वटा पंखा रहेको जानकारी दिइन् । जेल प्रशासनले सुरक्षाका लागि झ्याल टालिएको बताएको थापाले बताइन् । आफूहरूले झ्याल खोल्न भनेपछि कारागार प्रशासन खोल्न तयार भएको थापाले बताइन् ।
