ओमप्रकाश गुप्ता सोमबार, साउन २६, २०८२

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा अवस्थित राप्ती चेम्बर अफ कमर्सको मातहतमा रहेको युवा चेम्बर अफ कमर्सको सोमबार युवा भेला तथा प्रथम अधिवेशन सम्पन्न भएको छ ।

प्रथम अधिवेशनबाट अध्यक्षमा मोतीराम भट्टराई निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनले ३ सदस्यीय पछि मनोनीत गर्ने गरि १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । अधिवेशनबाट प्रथम उपाध्यक्षमा पदम परियार, दोस्रो उपाध्यक्षमा सुदन घिमिरे, महासचिवमा रामकृष्ण सुनदास, सचिव आशिष परियार, कोषाध्यक्षमा सुनिता परियार, सह-कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । त्यसै गरि सदस्यहरूमा सदस्यहरूमा अमृता विक, करूणा परियार र गुन्जन राना मगर  निर्विरोध निर्वाचित भएका छन् ।

युवा चेम्बर अफ कमर्सका अध्यक्ष विष्णुप्रसाद सुवेदीको अध्यक्षता एवम् राप्ती चेम्बर अफ कमर्सका सल्लाहकार तथा निर्वतमान अध्यक्ष नेमलाल शर्मा बेल्वासेको प्रमुख आतिथ्यतामा भएको अधिवेशन उद्घाटन समारोहमा राप्ती चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष तथा सल्लाहकार कुमार अधिकारी, वर्तमान अध्यक्ष बसन्त बहादुर कुवर क्षेत्री, प्रेस सल्लाहकार ओमप्रकाश गुप्ता, महिला चेम्बर अफ कमर्सकी अध्यक्ष मेनुका पाैडेल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । युवा चेम्बर अफ कमर्सका सदस्य पदम परियारको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन राप्ती चेम्बर अफ कमर्सका सचिव गोविन्द बहादुर केसीले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]