
Rgp
Dus
ksb
Lks
Asb
Ggp
Rgp
lnp
Ggp
Jns
Usb
Pbu
Lnp
Sgp
Rgp
Rgp
Dbs


दाङ । देउखुरीको राप्ती गाउँपालिका–५,स्थित सिसहनियाँ उद्योग बाणिज्य संघले आइतबार आफ्नो ११ औं स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ । वि.सं. २०७२ सालमा विधिवत दर्ता भई स्थापना भएको संघले वार्षिकोत्सवको अवसरमा राप्ती आधारभूत अस्पताललाई करिब १ लाख रुपैयाँ बराबरको औषधि सहयोग गरेको हो।
संघका अध्यक्ष ईश्वरीप्रसाद अधिकारीले अस्पतालका मेसु डा. श्रवण चौधरीलाई ७८ प्रकारका विभिन्न औषधि हस्तान्तरण गरे । साथै, अस्पतालमा भर्ना भएका बिरामीहरूलाई फलफूल वितरण पनि गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले अस्पताल सञ्चालन भएको छोटो अवधिमा १९ हजारभन्दा बढीले स्वास्थ्य सेवा लिएको जानकारी दिए । उनले संविधानमा निशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित भए पनि व्यवहारमा पूर्ण कार्यान्वयन हुन नसक्नु दुःखद भएको टिप्पणी गरे । साथै,राज्यको प्राथमिकतामा स्वास्थ्य नपर्दा नागरिकले पाउनुपर्ने नि:शुल्क औषधि उपलब्ध नहुनु चिन्ताजनक भएको बताउँदै,उद्योग बाणिज्य संघले स्थापना दिवसमा अस्पताललाई औषधि सहयोग गरेर प्रशंसनीय कार्य गरेको उल्लेख गरे ।
संघका वरिष्ठ उपाध्यक्ष मदन पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा राप्ती गाउँपालिका–५ का वडा अध्यक्ष देवप्रसाद चौधरी, अस्पतालका मेसु डा.श्रवण चौधरी, संघका संस्थापक अध्यक्ष शान्तराज भण्डारी, प्रगतिनगर शहरी खानेपानी तथा सरसफाइ व्यवस्थापन संस्थाका अध्यक्ष भरतप्रसाद पाण्डे,हरियाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रेशमबहादुर खड्का, बिहानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बामदेव चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संघका सचिव रामलाल पाण्डेले गरेका थिए ।
