
Jsbg-7
Gsbr-6
Jsbr-3
Msbg-2
Pbu
Csbg-7
ksbl-7
Gsbg-3
Rksr-7
Usbl-7


काठमाडौं । सिरहाको कल्यापुर नगरपालिकाका मेयर राम पुकार साह तेलीले घुस रकम लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नगरपालिकाको वडा नम्बर ६ मा निर्माण गरिएको नालाको ठेक्का वापतको भुक्तानी दिनेक्रममा एक लाख रुपैयाँ घुस लिएको ठहर गर्दै अख्तियारले मेयर साह तेलीविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।
त्यस्तै उजुरी निवेदनका आधारमा बर्दिबास कार्यालयबाट खटिएको अख्तियारको टोलीले साहलाई बिचौलियामार्फत घुस लिएको रकमसहित यसअघि नै नियन्त्रणमा लिएको थियो । थप अनुसन्धानका क्रममा मेयर साहले कल्याणपुर नगरपालिका वडा नम्बर –६ स्थित पक्की नालाको निर्माणपश्चातको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारको दाबी छ ।
यस्तै मेयर साहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप एक लाख रुपैयाँ बिगो कायम गरी जरिबाना र कैद सजायको माग गर्दै विशेषमा शुक्रबार आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।अनलाइनखबर
