शिबु खनाल शुक्रबार, साउन २३, २०८२

दाङ । लमही–घोराही सडक खण्डमा बनाईएको बैकल्पिक बाटो डाईभर्सन मसोट खोलाले बगाउँदा पुन सडक अबरुद्ध भएको छ ।

शुक्रबार बिहान परेको वर्षाका कारण आएको बाढीले लमही–घोराही सडक खण्डस्थित मसोट खोलाको डाइभर्सन बगाएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख रोशनराज पाण्डेले जानकारी दिए । डाइभर्सन बगाउँदा लमही–घोराही सडकखण्ड पुन अवरुद्ध हुदाँ यातायात सेवा प्रभावित भएको उनले बताए ।

त्यस्तै उनका अनुसार डाइभर्सन बगाएपछि अहिले लमही–घोराही सडक खण्ड भएर आवतजावत गर्ने सवारीसाधन चलेन सकेका छैनन् । ‘बाढीले डाइभर्सनको आधा भाग बगाएको छ उनले भने-हाल यात्रुवाहक सवारी वैकल्पिक मार्ग अमिलिया सडकखण्ड हुँदै गन्तव्यतर्फ पठाइएको छ ।’

यद्यपि डाइभर्सनको मर्मत भने भईरहेको छ । आकस्मिक रुपमा मसोट पुल मर्मत गर्नुपर्ने भन्दै २१ साउनदेखि चार दिनसम्म सवारी आवागमन बन्द गर्ने निर्णय सरोकार पक्षले गरेको थियो । मसोट पुलबाट सवारी आउजाउ गर्दा जोखिम हुने भएपछि डाइभर्सन निर्माण गरिएको थियो । विरामी बाेकेकाे एम्बुलेन्स,इमर्जेन्सीमा रहेका दुई पाङ्ग्रे र चार पाङ्ग्रे खालि सवारीसाधन भने प्रहरीले बुझेर मात्रै पुलबाट चलन दिईरहेको जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]