
Djs
Unsku
Srbpu
Rgp1
pku
Sgr
sbs
Pes
Rgp
Lnp
Gfs
cjs
Pbu
Ggp

Bbu
Asm
Ksm
Sbs
Hal
Rgs
Rgu
Wsp
Sls
Rsb
Pvg
Rgu
Ssm
Bbbpu
Ggd
Gst
nsb
Tsm
Vor

Rmb
bbt
Abd
Rpp
Mks
Pls
Ptm
Bml
sab
Jmb
Jmb
Syp
Gsb
दाङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) राप्ती गाउँपालिका कमिटीले लुम्बिनी प्रदेशको राजधानी रहेको देउखुरी उपत्यका भित्रको जग्गा कित्ताकाट सहित तत्काल फुकुवा गर्न माग गरेको छ।
पार्टीले बिहीबार राप्ती गाउँपालिका वडा नम्बर –४ मौरीघाटमा पत्रकार सम्मेलन गरी उक्त माग राख्दै, माग पूरा नभए आगामी भदौ १५ गतेदेखि सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको हो । पार्टीले आन्दोलनमा सबै पक्षको एकता र साथ पनि आह्वान गरेको छ। यसअघि पनि पटक–पटक विभिन्न संघ–संस्थाहरू तथा अगुवा नागरिकहरूले लुम्बिनी प्रदेश सरकारलाई मौखिक तथा लिखित रूपमा जग्गा फुकुवा गर्न अनुरोध गर्दै आएका थिए । तर, प्रदेश सरकार तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कुनै गम्भीरता नदेखाएको भन्दै नागरिकहरूले पीडाबोध गरेका छन् ।
यसै सन्दर्भमा, वैशाख १९ गते स्वतन्त्र नागरिक शंकर गौतमको संयोजकत्वमा नागरिक जनदबाब तथा संघर्ष समिति लुम्बिनी प्रदेश, देउखुरी, दाङ गठन गरी तत्कालीन मुख्यमन्त्रीलाई बिना सर्त जग्गा फुकुवाका लागि अपिल समेत गरिएको थियो । पार्टीले जग्गा रोक्काले नागरिकहरूको आय –आर्जनमा प्रत्यक्ष असर परेको उल्लेख गर्दै,उपचार, विवाह–व्रतबन्ध, अध्ययन, व्यापार–व्यवसाय, बैंक कर्जा भुक्तानी र घरखर्च समेत चलाउन समस्या भएको तर्फ ध्यानाकर्षण गराएको छ। नागरिकहरूले समस्या पर्दा जग्गा बेचेर भएपनि आवश्यकताहरू पूरा गर्दै आएको उल्लेख गर्दै, यथाशीघ्र कित्ताकाट खुलाउन माग गरिएको हो ।
त्यस्तै सरकारले जनताको समस्याप्रति बेवास्ता गरेकाले नागरिकहरूमा मानसिक तनाव चुलिँदो छ, जसका कारण उद्योगी, कृषक, व्यवसायीहरू आत्महत्या, आत्मदाहजस्ता अत्यन्त गम्भीर निर्णयमा पुग्ने अवस्था सिर्जना हुन थालेकोप्रति पार्टीले गम्भीर आपत्ति जनाएको छ । लुम्बिनी प्रदेश सरकारद्वारा २०७७ साल असोज १६ गते मन्त्री परिषदको निर्णय अनुसार राप्ती उपत्यका भित्रको सम्पूर्ण जग्गा रोक्का गरिएको थियो। यसमा राप्ती गाउँपालिकाका ९ वटै वडाहरू, गढवा गाउँपालिकाको वडा नं. १, २, ३ तथा अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ८ र ९ को सम्पूर्ण जग्गा परेका छन् ।
यस्तै नेपालको संविधानको धारा २५ मा सबै नागरिकलाई सम्पत्तिको हक सुनिश्चित गरिएको उल्लेख गर्दै पार्टीले नागरिकहरूले आफ्नो स्वामित्वभित्रको जग्गा खरिद–बिक्री, व्यवसायिक उपयोग तथा बसोबासका लागि प्रयोग गर्न पाउने अधिकारमा हस्तक्षेप नगर्न आग्रह गरेको छ। पाँच वर्षसम्म पनि सरकारले जग्गा कित्ताकाट तथा संरचना निर्माणको लागि कुनै व्यवस्था नगरेको,ल्याण्डपुलिङ नै अगाडि नबढाएको भन्दै स्थानीय जनतामा सरकारप्रति व्यापक असन्तुष्टि रहेको पार्टीले जनाएको छ। लामो समयदेखि रोक्का जग्गा र बढ्दो आर्थिक मन्दीका कारण देउखुरी क्षेत्रका उद्योगी,व्यवसायी, कृषक लगायत सम्पूर्ण नागरिक थप आर्थिक समस्यामा परेको पनि पार्टीको निष्कर्ष छ।
त्यस्तै पार्टीका राप्ती गाउँपालिका कमिटी अध्यक्ष रणबहादुर पुजालीको अध्यक्षता तथा पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य तथा राप्ती गाउँपालिका इन्चार्ज श्यामेश चौधरीको प्रमुख आतिथ्यतामा आयोजित पत्रकार सम्मेलनको सहजीकरण पार्टीका गाउँपालिका सचिव जगत बहादुर थापाले गरेका थिए ।
