
Dbs
Asb
ksb
Rgp
Sgp
lnp
Rgp
Lks
Jns
Rgp
Ggp
Dus
Lnp
Rgp
Usb
Ggp
Pbu


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादनका सामग्रीहरुको प्रवद्र्धनबाटै रोजगारी सृजना गर्न सकिने बताएका छन् ।
लमही नगरपालिका वडा नम्बर –३,फल्कापुरमा नेपाल महिला हस्तकला कपडा उद्योगको बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले बाहिरबाट आयातित कपडाको सट्टा स्वदेशमै उत्पादन भएका कपडाहरुको प्रयोग गर्न सबैमा आह्वान गरे । ‘हामीले प्रयोग गर्ने अधिकांश कपडाहरु स्वदेशमा बनेका होइनन् । म सबैलाई आह्वान गर्न चाहन्छु, हाम्रा दिदीबहिनी तथा दाजुभाइहरुले स्वदेशमै, लुम्बिनी प्रदेशमै उत्पादन भएका सामग्रीहरु प्रयोग गर्न अपिल गर्न चाहन्छु,’उनले भने, ‘बाहिरबाट आएका कपडालाई विस्थापित गर्दै स्वदेशमै उत्पादन भएका कपडाहरू प्रयोग गरेर अगाडि बढ्न जरुरी छ ।’ लुम्बिनी प्रदेशमा मात्र होइन, देशका कुना–कुनामा यहाँ उत्पादन भएका कपडाहरुको बजार विस्तार गर्नुपर्नेमा मुख्यमन्त्री आचार्यले जोड दिए ।
त्यस्तै ‘उद्यमी तथा व्यवसायीको साथमा सरकार छ । घरमा बेरोजगार भएर बस्ने होइन, स्वरोजगार बन्न तालिम लिने,खाली समयको सदुपयोग गर्दै उत्पादनमा जोडिन आवश्यक छ,’ उनले भने,‘यो उद्योगले उत्पादन खरिद गर्नेछ र श्रमको मूल्य पनि उद्योगले नै दिनेछ ।’
यस्तै व्यवसायी कृष्ण खनालले कपडा उद्योग स्थापना गरेका हुन् । सो उद्योगमा हाल स्थानीय ३० जना महिला तथा पुरुषले रोजगारी पाएका छन् । खाली समय घरमा बस्नुभन्दा सिप सिकेर उद्यममा जोडिदा महिलाहरु उत्साहित भएका छन् ।
स्थानीय सामग्री प्रयोग गरी कपडा बुन्ने तान निर्माण गरिएको र महिलाहरूलाई तालिम प्रदान गरी उद्योगमा रोजगारी दिइएको जानकारी उद्योग सञ्चालक खनालले दिनुभयो । महिलाहरुले धोती, सारी,ब्लाउज,सलजस्ता सामग्रीहरु बुन्दै आएका छन् ।
