
Rgp
Lnp
Pbu
Srbpu
Pes
Djs
cjs
sbs
Gfs
pku
Sgr
Ggp
Unsku
Rgp1

Ggd
Rgu
Rsb
Wsp
Tsm
Sbs
Ssm
Bbu
Hal
Gst
nsb
Bbbpu
Vor
Pvg
Asm
Sls
Ksm
Rgu
Rgs

Bml
Pls
Gsb
Jmb
Mks
Rmb
Syp
sab
bbt
Rpp
Ptm
Abd
Jmb
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ६० दिने हस्ताक्षर अभियानमा सहभागी भएका एक व्यक्ति बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर भई प्रहरीद्वारा पक्राउ परेका छन् ।
त्यस्तै पक्राउ पर्ने व्यक्ति सुनसरीको वराह क्षेत्र नगरपालिका निवासी करिब ५९ वर्षीय अर्थराज कोइराला हुन् । मंगलबार विराटनगरको महेन्द्रचोकमा आयोजित कार्यक्रममा रास्वपाका सभापति रवि लामिछानेका प्रेस सल्लाहकार तथा हस्ताक्षर अभियानका केन्द्रीय सचिव प्रमोद न्यौपानेको सहभागिता रहेको थियो ।
यस्तै सोही कार्यक्रममा हस्ताक्षर गर्न आएका कोइरालालाई प्रहरीले पहिचान गरी पक्राउ गरेको हो। मोरङ प्रहरीका अनुसार कार्यक्रमपछि कोणसभाको तयारीमा रहेको टोली महेन्द्रचोकमा पुगेको बेला कोइराला त्यहीँ हस्ताक्षर गर्न आएका थिए। सो क्रममा पहिचान भएपछि उनलाई नियन्त्रणमा लिइएको हो।
त्यस्तै सुनसरी जिल्ला अदालतले कोइरालालाई बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर गर्दै असार ३२ गते दुई वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो । साथै,पीडित ११ वर्षीया बालिकालाई २ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला समेत गरिएको थियो। यद्यपि,अदालते पुनरावेदनको अधिकार खुला राखेपनि,फैसला पछि कोइराला फरार रहँदै आएका थिए । प्रहरीका अनुसार कोइराला अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्दै आएका थिए र केही समयअघि मात्र नेपाल फर्किएका थिए। नेपाल फर्किएपछि उनी धरौटीमा छुटेका थिए ।
यस्तै हाल उनी सुनसरीस्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा रहेका छन्। उनलाई आजै अदालतमा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ।देशसञ्चार
