Sidha Patra मंगलबार, साउन २०, २०८२

दाङ । बहुविवाहलाई कानुनी मान्यता दिने तयारीप्रति गम्भीर आपत्ति जनाउँदै अखिल नेपाल महिला संघ, जिल्ला कमिटी दाङले कानून,न्याय तथा संसदीय मामिला मन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको छ ।

उक्त ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी मार्फत मंगलबार मन्त्रीलाई बुझाइएको हो । संघकी अध्यक्ष लक्ष्मी शर्माको हस्ताक्षर रहेको ज्ञापनपत्रमा बहुविवाहलाई कानुनी रुपमा वैधता दिन खोजिएको हालको प्रस्तावले महिला अधिकार, लैङ्गिक समानता र सामाजिक न्यायविरुद्ध गम्भीर खतरा उत्पन्न गर्ने उल्लेख गरिएको छ ।

यस्तै ज्ञापनपत्रमा भनिएको छ,’नेपाली महिलाहरूले पितृसत्तात्मक सोच,हिंसा र विभेदविरुद्ध दशकौँदेखि संघर्ष गर्दै अधिकार हासिल गरेका छन् । तर, पछिल्लो समय महिलाको सहभागिता घटाउने, विवाहको उमेर घटाउने र बहुविवाहलाई पुनःकानुनी जालझेलमार्फत वैधता दिने प्रयास हुँदै आएको छ।’

त्यस्तै २०७५ साल भदौ १ गतेदेखि लागू भएको कानुनअनुसार पूर्ण रूपमा निषेध गरिएको बहुविवाहलाई फेरि संशोधनमार्फत पुनः वैध बनाउने तयारीले पितृसत्तात्मक संरचनालाई कानुनी संरक्षण दिने खतरनाक संकेत देखिएको संघको दाबी छ । संघले कानून,न्याय तथा संसदीय मामिला मन्त्रालयलाई बहुविवाहसम्बन्धी कानुनी संशोधनको प्रयास तत्काल फिर्ता लिन माग गर्दै, महिला समानताको मर्म र संवैधानिक अधिकारको रक्षा गर्न आग्रह गरेको छ ।

साथै,संघले महिला अधिकारमाथि प्रहार गर्ने कुनै पनि पश्चगामी कानुनी प्रयासविरुद्ध एकजुट भई आवाज उठाउन अधिकारकर्मी,नागरिक समाज र सबै प्रगतिशील शक्तिहरुलाई आह्वान समेत गरेको छ ।देशसञ्चार

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]