Sidha Patra मंगलबार, साउन २०, २०८२

पोखरा । आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा पोखराबाट पक्राउ परेकी छन् ।

साइबर ब्युरोको आग्रहमा विद्युतीय कारोबार ऐनविरुद्धको कसुरमा उनलाई पोखराको लेकसाइडबाट मंगलबार पक्राउ गरिएको हो ।

नेपाल प्रहरीको साइबर ब्युरोले गत १६ साउनमा विद्युतीय कारोबार विरुद्धको कसुर (साइबर अपराध) मा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी अनुमति लिएको थियो ।

त्यसैका आधारमा वाइबा पोखराको लेकसाइडबाट पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।

त्यस्तै ‘साइबर अपराधमा उनीविरुद्ध पक्राउ पुर्जी जारी थियो, त्यसकै आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको हो,’ ओलियाले भने, ‘अब वाइबालाई थप कारबाहीका लागि काठमाडौं पठाउँछौं ।’ उनकै सहकर्मीले दिएको जाहेरीका आधारमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

वाइबा यसअघि २०८० चैतमा पनि साइबर अपराध मुद्दा तथा कुटपिट गरेको अभियोगमा पक्राउ परेकी थिइन् । त्यतिबेला उनी कुटपिट तथा अंगभंग सम्बन्धी कसुरमा १० हजार र साइबर अपराध सम्बन्धी मुद्दामा २५ हजार गरी ३५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएकी थिइन् ।

यस्तै आफूलाई सामाजिक अभियन्ता बताउने वाइबाले सामाजिक सञ्जाल तथा युट्युबलगायत माध्यममा भद्दा रूपमा प्रस्तुत हुँदै आइरहेकी छन् ।अनलाइनखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]