
Ssb
Bsn
Nsb
Ksb
Gsb
Rsb
Rks
Tgp
Fmb
Csb
Ppu
jsb
Ksb
Ksb
Ssb
Usb

Usb
Gsb
Ssb
Hl1
Tsb

ptl
Rgu
Nps
काठमाडौँ । सोमबार मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । उच्च अदालत पाटनको माग बमोजिम दुई मुद्दामा २८ लाख धरौटी रकम बुझाउँदै उनी रिहा भएका हुन् ।
सोमबार उच्च अदालत पाटनले प्रसाईंलाई तीनकुने घटनामा ३ लाख र बैंकिङ कसुर मुद्दामा २५ लाख धरौटीमा छाड्न आदेश गरेको थियो । न्यायाशीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले प्रसाईंलाई तीनकुने घटनामा ३ लाख धरौटीमा रिहा गर्न आदेश गरेका हुन् । त्यस्तैस आईबीको अनुसन्धान प्रतिवेदनको आधारमा दायर गरिएको बैंकिङ कसुर मुद्दामा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीले प्रसाईंसँग २५ लाख धरौटी माग गरेका हुन् ।
त्यस्तै उनी गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा हिंसात्मक राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए । प्रसाईंलाई लिन कांग्रेस सांसद डा.सुनिल शर्मा डिल्लीबजार कारागार पुगेका थिए ।
