Sidha Patra बिहिबार, साउन १५, २०८२

दाङ । तुलसीपुरमा ट्याक्टर दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर वडा नम्बर –१७ निवासी अन्दाजी १४/१५ बर्षीय सविन भण्डारी र सोही ठाउँका अन्दाजी १६/१७ वर्षीय मनोज रोका रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य बहादुर रानाले जानकारी दिए ।

त्यस्तै प्रहरीका अनुसार तुलसीपुरबाट बिजौरीतर्फ जादै गरेको रा १ त ३४७८ नम्बरको जाली बोकेको ट्याक्टर तुलसीपुर–७ मोतिपुरस्थित हात्तिखौवा ओरालोमा आज बिहान ११ बजेको समयमा आफै अनियन्त्रित भएर पल्टिदा दुर्घटनामा परेको हो ।

यस्तै दुर्घटनामा परी गम्भिर घाइते भएका दुबैजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा दिउँसो सवा १२ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी सामान्य घाइते भएका ट्याक्टर चालक तुलसीपुर–१७ मानपुर निवासी २६ बर्षीय सुरेश चौधरी, सोही ठाउँका १५ बर्षीय धन बहादुर चौधरी र तुलसीपुर–१८ बिजौरी निवासी २६ बर्याीय प्रकाश चौधरीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]