
Dus
Ggp
Jns
Rgp
Rgp
Sgp
Rgp
Asb
Lks
lnp
Pbu
Usb
Lnp
ksb
Ggp
Rgp
Dbs


दाङ । देउखुरीको राप्ती गाउँपालिकामा स्काउट विद्यार्थीहरुको संयुक्त दीक्षान्त कार्यक्रम सम्पन्न भएको छ।
स्थानीय स्काउट राप्तीको आयोजनामा बुधबार राप्ती गाउँपालिकाको सभाहल मसुरियामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको अवसरमा विभिन्न विद्यालयका ३ सय २० जना स्काउट विद्यार्थीहरुलाई दीक्षित गरिएको स्थानीय आयुक्त छबिलाल कडेलले जानकारी दिए ।
दीक्षान्त समारोहलाई सम्बोधन गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष तथा नेपाल स्काउट राप्तीका संरक्षक प्रकाश विष्टले स्काउटले विद्यार्थीहरुमा अनुशासन,आत्मनिर्भरता,सहकार्य र नेतृत्वको भावना विकास गर्ने बताए । उनले स्काउटलाई बालबालिकाको व्यक्तित्व विकासको उत्कृष्ट माध्यम भन्दै गाउँपालिकामा स्काउट गतिविधिको थप संस्थागत विकासमा पालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी राप्ती गाउँपालिकाका उपाध्यक्ष तथा नेपाल स्काउट राप्तीका अध्यक्ष कमलापति चौधरीले स्काउटले विद्यार्थीहरुमा सकारात्मक सोच, सेवा भावना र राष्ट्रप्रतिको निष्ठा विकास गर्ने बताए । नेपाल स्काउट लुम्बिनी प्रदेश आयुक्त दिनानाथ भट्टराईले स्काउटलाई विस्तार गर्न स्थानीय सरकारले र विद्यालयहरुको सक्रिय सहकार्य आवश्यक रहेको धारणा राखे ।
स्थानीय आयुक्त छबिलाल कडेलको अध्यक्षता एवं राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक,शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विक,नेपाल स्काउट राष्ट्रिय परिषद सदस्य नवीन कुमार पराजुली,प्रदेश परिषद सदस्य निरञ्जना पाण्डे, गढवा गाउँपालिका प्रमुख आयुक्त ईश्वरा पाठक, विभिन्न स्थानीय तहका स्काउट मास्टरहएरु,विद्यालयका स्काउट समितिका पदाधिकारीहरु,विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकार तथा स्काउट विद्यार्थीहरुको उपस्थिति रहेको थियो।
त्यस्तै स्काउट मास्टर धुर्ब मल्लको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गोविन्द शर्माले गरेका थिए ।

