Sidha Patra सोमबार, साउन ०५, २०८२

दाङ । आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले घोराही उपमहानरपालिका वडा नम्बर–५,का एक ३६ वर्षिय पुरुषलाई पक्राउ गरेको हो ।

त्यस्तै पक्राउ पर्ने पुरुषको नाम भने गोप्य राखिएको छ । बालिकाको संवेदनशिलतालाई ख्याल गरी प्रहरीले बुवाको नाम पनि गोप्य राखेको हो । पक्राउ परेका पुरुषले आफ्नै छोरी १८ वर्षकी बालिकामाथि जबरजस्ती करणी गरेको भनि प्रहरीमा मुद्धा दर्ता भएको छ ।

पीडित बालिकाको आमाले प्रहरीमा हाडनाता जबरजस्ती करणी कसुरमा किटानी जाहेरी दिएपछि ति पुरुषलाई खोजतलास गर्दै जाँदा गत शनिबार साँझ घरबाटै पक्राउ गरेकोे जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्र बहादुर शाहले जानकारी दिए । पीडित बालिकाको आमा आफ्‌नो नाबालक छोरासहित रोजगारीको सिलसिलामा भारतमा रहेको र घरमा बाबा छोरी बस्ने गरेको डिएसपी शाहले बताए । ति पुरुषले आफ्‌नै छोरीलाई असार ३० गते राति घरमै जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै आरोपीलाई आवश्यक कानुनी कारबाहीका लागि अदालतबाट म्याद थप गरी कार्यालयको हिरासतमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]