
Lnp
Ggp
Rgp
Lks
Rgp
Jns
ksb
lnp
Pbu
Usb
Rgp
Asb
Dbs
Ggp
Dus
Rgp
Sgp


काठमाडौं । आज साउन महिनाको पहिलो सोमवार देशभरका शिवालयहरुमा बिहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ ।
दर्शनार्थीको सुविधाका लागि पशुपतिनाथ मन्दिरको चारवटै ढोका बिहानै खोलिएको छ । यस्तै पशुपतिनाथ दर्शन गर्ने भक्तजनलाई निःशुल्क बससेवा शुरु गरिएको छ । चारवटा सार्वजनिक बसले चक्रपथ घुमेर पशुपतिनाथ आउने दर्शनार्थीलाई निःशुल्क सेवा दिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
त्यस्तै यसमध्ये दुईवटा बस गीता प्रेसको नेपालमा रहेको बुक डिपोले व्यवस्था गरेको र दुईवटा बस यातायात व्यवसायी उच्च राष्ट्रिय महासङ्घले गरेको हो । पशुपतिनाथ दर्शनमा आउने भक्तजनका लागि निःशुल्क बस सेवा दिइएको यो पहिलोपटक हो । मूल मन्दिरमा भीड नहुने गरी साउने सोमवारको दर्शनको व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
यस्तै भक्तजनलाई लाइनमा बसेको एक घण्टामा दर्शन गरेर फर्कन सक्नेगरी व्यवस्था मिलाइएको कोषको दाबी छ । नेपाली सेनाको कल्याणकारी कोषले घामपानीबाट बच्न मूल मन्दिर बाहिरको भागमा ‘टेन्ट’ को व्यवस्था गरेको छ ।
त्यस्तै पशुपतिसहित देशभरका प्रमुख शिवालयहरुमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । साउन महिनालाई भगवान् शिवको विशेष महिना मानिन्छ । यो महिना विशेषतः महिलाहरु हरियो लुगा,चुरा र मेहन्दीसहित शिव पूजामा सहभागी हुने चलन रहेको छ ।
