
Asb
Jns
Ggp
Dus
Sgp
Lks
Pbu
Lnp
Rgp
ksb
Dbs
Ggp
Rgp
Rgp
lnp
Rgp
Usb


दाङ । देउखुरीको लमहीमा पार्किङ गरि राखिएको बोलेरो गाडीले च्यापेर आइतबार बिहान एकजना युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ५ सुनखोली निवासी विशाल फलफुल सप्लायर्सका संचालक रामओतार बानियाँका २१ वर्षीया छोरा राकेश बानियाँ रहेका छन् ।
आज बिहान साढे ५ बजेको समयमा फलफूल बोक्ने लु ३ च ४८ १४ नम्बरको बोलेरो गाडी स्टार्ट गर्ने क्रममा स्टार्ट नभएपछि गाडीको टायरमा लगाइएको ओट हटाउदा ब्याक भएर टाउको थिचेर गम्भीर घाइते भएका बानियाँको लमही अस्पतालमा पुरादा साथ डाक्टरले मृत घोषणा गरेको हो ।
त्यस्तै उक्त घटनाको बारेमा प्रहरीलाई समयमै जानकारी गराएको भएपनि प्रहरी एक घन्टापछि मात्र सो घटना स्थलमा पुगेको त्यहाँका स्थानीयहरुले गुनासो समेत गरेका छन् ।
यस्तै मृत बानियाँलाई पोस्टमार्टमका लागि अहिले लमही अस्पतालमा राखिएको जनाइएको छ ।
