
Rgp
Dbs
Rgp
Asb
lnp
Pbu
Lks
Lnp
Rgp
Jns
Dus
Ggp
Sgp
Usb
ksb
Rgp
Ggp


दाङ । नेपाल संस्कृत विश्वविद्यालय दाङको आयोजना र पतञ्जली योग समितिको सहआयोजनामा दाङको वेलझुण्डीमा आगामी असोज २५ देखि २७ गतेसम्म बृहत्त अन्तर्राष्ट्रिय योग सम्मेलन हुन थालेको छ ।
दाङ र नेपाललाई विश्वका विभिन्न देशहरुमा चिनाउन र मानव स्वास्थ्यको एक महत्वपूर्ण उपचार पद्धति योग,ध्यान,आसन र प्रणायामलाई गाउँ वस्तिसम्म पुर्याउन यो अभियानको थालनी गरिएको कार्यक्रमका संयोजक तथा नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा.डा.सुदन कुमार पौडेलले जानकारी दिए ।
सो कार्यक्रममा संयुक्त राज्य अमेरिका लगायतका ५० बढी राष्ट्रहरुबाट योग चिकित्सा विज्ञहरु एवं रामदेव वावा सहित विभिन्न क्षेत्रका प्राज्ञिक ब्यक्तित्वहरुको जमघट रहने र यसको उद्घाटन नेपालका प्रधानमन्त्री तथा कुलपतिबाट गरिने योजना बनाइएको आयोजकले जनाएको छ ।
शुक्रवार दाङको लमही नगरपालिकामा एक कार्यक्रमको आयोजना गरि उक्त अन्तर्राष्ट्रिय योग सम्मेलन–२०८२ का बारेमा बिस्तृत जानकारी गराइएको हो । लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको अध्यक्षता र योगगुरु एवं प्राज्ञिक ब्यक्तित्व चिन्तामणि योगीको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो ।
नेपाल संस्कृत विश्वविद्यालयको आयोजना तथा पतञ्जली योग समिति नेपाल,लुम्बिनी प्रदेश र दाङ जिल्ला समिति संगै नेपालका शैक्षिक एवं प्राज्ञिक संस्थाहरु,दाङ जिल्लाका स्थानीय सरकारहरु र सनातन धर्मसेवि संघसंस्थाहरुको सह–आयोजनामा नेपालमै पहिलो पल्ट दाङको बेलझुण्डीमा अन्तर्राष्ट्रिय योग सम्मेलन गर्न थालिएको योगगुरु चिन्तामणि योगिले जानकारी दिए । यो कार्यक्रम संयुक्त राज्य अमेरिका लगायत बिभिन्न राष्ट्रहरुसंग समन्वय गरि नेपालमा ल्याउन सफल भएको उनले बताए ।
कार्यक्रममा बोल्दै योग,ध्यान,आसन र प्रणायाम मानव स्वास्थ्यकालागि अति नै उपयोगि भएकोले आम नागरिकहरु योगमा जोडिन उनले आग्रह गरे । योग तथा ध्यानले मानिसको शारिरिक स्फूर्ति बढाउने, शरिरमा रोग प्रतिरोधात्मक क्षमताको बृद्धि गर्ने र लागेका रोगहरु पनि विस्तारै न्यूनिकरण हुँदै जाने विज्ञ चिन्तामणि योगीले बताए । बिकसित मूलूकहरुमा योग बिज्ञानलाई बिद्यालय तथा कलेजहरुमा अनिवार्य पाठ्यक्रममा समावेश गरिएको तर नेपालमा योग विज्ञानलाई सरकारी तवरबाट गौण महत्व दिइएको अवस्थालाई सरकारले सुधारगर्न आवश्यक भएको उनले बताए ।
आगामी असोज २५ देखि २७ सम्म दाङमा हुने अन्तर्राष्ट्रिय योग सम्मेलन प्राकृतिक चिकित्सा क्षेत्रको एक महत्वपूर्ण महोत्सवका रुपमा सञ्चालन गर्न बिभिन्न तयारीहरु गरिएको र जिल्लाका सबै स्थानीय सरकार र लुम्बिनी प्रदेश सरकारसंग समन्वय सहकार्य गरिने आयोजकले जनाएको छ । सो अवसरमा दाङको बेलझुण्डीमा दशहजार बढी मानिसहरुको जमघट रहने र विविध भेषभुषाका कला संस्कृतिहरु झल्किने झाँकीहरु समेत प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममा योगगुरु डा.चिन्तामणि योगी, लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटा,नागरिक समाज दाङका संयोजक निमबहादुर थापा, पतञ्जली योग समिति लुम्बिनी प्रदेशका प्रभारी पेरम शाह, स्थानीय बुद्धिजिवी दामोदर पाण्डे, प्राध्यापक सुधिर कुमार अधिकारी लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण मुल आयोजक समारोह समितिका सचिव प्राध्यापक अरुण कुमार अर्यालले गरेका थिए ।

