
Ggp
Lnp
Rgp
Dus
Dbs
lnp
Rgp
Lks
Rgp
Jns
Ggp
ksb
Asb
Rgp
Usb
Sgp
Pbu


कपिलवस्तु । कृष्णनगर नगरपालिका वडा नम्बर २ यात्रुगेटबाट चोरीको मोटरसाइकिल सहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
अषाढ २० गते करिब ३ बजेको समयमा कृष्णनगर नगरपालिका वडा नम्बर ११ सरफर बस्ने रामनाथ चौधरीको नाममा रहेको मोटरसाइकल कृष्णनगर नगरपालिका वडा नम्बर १ मड्हा स्थित आरटीओ सड्कखण्डबाट चोरी भएको थियो।
ईन्जिन नंम्बर MD2A57BZ 8EWD21697 र चेसिस नंम्बर DAZWED-11257 भएको निलो रङको लु २२ प ७४९७ नंम्बरको बजाज डिस्कबर मोटरसाईकल इलाका प्रहरी कार्यालय कृष्णनगरले खोज तलाश गर्दा यात्रु गेटबाट मोटरसाइकल सहित भारतीय नागरिक सोनु कुर्मीलाई पक्राउ गरेको हो ।
त्यस्तै अषाढ २० गते अन्दाजी १५ :३० बजेको समयमा जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नम्बर ०२ यात्रुगेट स्थितमा देश भारत उत्तर प्रदेश जिल्ला कुशीनगर लाजाबजार खड्डाबस्ने बर्ष २५ का सोनु कुर्मीले लिदैगरेको अबस्थामा फेला पारी निजलाई सोही स्थानबाट रित पुर्वक पक्राउ गरी इलाका प्रहरी कार्यालय कृष्णनगरमा ल्याई सम्मानित कपिलबस्तु जिल्ला अदालतबाट म्याद थप भइ अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मोहनमणी अधिकारीले जानकारी दिए ।
