
Sgp
Lks
Rgp
Rgp
Rgp
ksb
Ggp
Dus
Jns
Usb
lnp
Rgp
Ggp
Dbs
Asb
Lnp


दाङ । लुम्बिनी प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालय अन्तर्गत सञ्चालित प्राबिधिक शिक्षा तथा ब्यवसायीक तालिम परिषद् राष्ट्रिय सिप परिक्षण समितीले श्रमबजारमा प्रवेश गर्ने नेपाली युवाहरुका लागि सिप परिक्षण अभियान सञ्चालन गरेको छ ।
आइतवार देउखुरीको गढवा गाउँपालिकामा आयोजित एक कार्यशाला मार्फत लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका उपसचिव रामहरी रिजालले सो कुराको जानकारी दिएका हुन् । नेपाल सरकारको नियमानुसार कम्पनी दर्ता गराएका कुनैपनि साना वा ठूला ब्यवसाय वा उद्योग र सिप सिकेका तर प्रमाणपत्र नभएका नागरिकहरु यसको डाटावेसमा रोजगारदाताको रुपमा दर्ता हुन सक्ने र सबै प्रकारका रोजगारदाताले जनशक्तिका रुपमा राष्ट्रिय सिप परिक्षण समितिबाट सिप परिक्षण गराई दक्षताको प्रमाण–पत्र पाउने,जसले गर्दा रोजगारदाताहरुका लागि दक्षता पहिले नै प्रमाणित भएका मानव संसाधन सहजै उपलब्धहुन सक्ने प्रावधान रहेको सचिव रिजालले बताए ।
नेपालमा यसरी सिप परिक्षण गर्ने आधिकारीक निकाय ब्यवसायिक तालिम परिषद राष्ट्रिय सिप विकास समिति रहेको उनले जानकारी दिए । श्रम बजारमा प्रवेश गर्ने नेपाली युवाहरुको पहुँच, सिप विकास र सिपको प्रमाणिकरण गरिएपछि बेरोजगार र अर्धबेरोजगार रहेका तथा न्यून पारिश्रमिकमा काम गर्न वाध्य नागरिकहरुलाई सिप प्रमाणिकरण गरि रोजगारमा जोड्ने र उचित पारिश्रमिकको ब्यवस्था गर्ने नेपाल सरकारको अभियान रहेको कार्यक्रममा बताइएको हो ।
राष्ट्रिय सिप परिक्षण समितिले देशब्यापि रुपमा २५ वटा पेशा ब्यवसाय क्षेत्रमा एकदेखि चार तहसम्म ३ सय ४ वटा राष्ट्रिय ब्यवसायिक सिप प्रमाणिकरण र सिप परिक्षण गरीसकेको र यो अभियानमा ४ लाख युवा जनशक्ति पुरयाउने लक्ष्य रहेको बताइएको छ । संस्थागत तथा ब्यक्तिगत तवरबाट आवेदन भए अनुरुप सिपको बर्गिकरण गरिने, राष्ट्रिय ब्यवसायगत सिप प्रमाणिका निर्माण गर्ने, मुल्यांकन प्याकेज निर्माण र सिप परिक्षण गर्ने कार्यक्रमको उद्देश्य रहेको छ । यसले तिन चरणमा काम गर्ने जसमध्ये पहिलो चरणमा परामर्श गरिने,दोश्रो चरणमा मुल्यांकन र तेश्रो चरणमा सिप प्रमाणिकरण र अभिलेख ब्यवस्थापन गरिने बताइएको हो ।
त्यस्तै आफूले प्राप्त गरेका ज्ञान र सिपको मान्यता लिन इच्छुक ब्यक्ति वा फर्मले पूर्व सिकाई मान्यताका लागि आवेदन दिन सक्ने र आफ्नो सिपको आधिकारीक प्रमाणपत्र प्राप्त गरि रोजगारमा जोडिन सक्ने यो अभियानको सार्थक रुप रहेको कार्यक्रममा बताइएको हो । सिप सिकेका तर प्रमाणपत्र नभएकाहरुले ष्लाय२लकतद।यचन।लउ मा आवेदन दिन सकिने र यसको वेभसाइट धधध।लकतद।यचन।लउ बाट थप जानकारी प्राप्त गर्न सकिने मन्त्रालयका उपसचिव रिजालले जानकारी दिए । कार्यक्रम गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलको अध्यक्षतामा भएको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष पोखे्रलले यो अभियानले सिप सिकेका तर बेरोजगार रहेका युवाहरुलाई सिप प्रमाणिकरण पश्चात् रोजगारीको राम्रो अवसर प्रदान गर्न सक्ने बताए । उपलब्धिहिन तालिमहरु सञ्चालन गरेर बजेट सक्नुभन्दा सिप सिकाएर उत्पादन मुलक जनशक्ति तयारगरि रोजगारीको अवसर प्रदान गर्ने सामाजिक विकास मन्त्रालय अन्तर्गतको यो कार्यक्रम प्रभावकारी रहने उनले बताए ।
