
Pbu
Rgp
Dbs
Lnp
Sgp
Rgp
lnp
Lks
Ggp
Asb
ksb
Dus
Rgp
Usb
Ggp
Jns
Rgp


दाङ । वडा प्रहरी कार्यालय लमहीले गएराती बाघको छाला सहित ३ जना मानिसलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेयको नेतृत्वमा खटिएको प्रहरी टोलीले ९ फिट २ ईन्च लम्बाई र ३ फिट २ ईन्च चौडाई भएको पाटे बाघको छाला (ओखेटोपहार) बरामद गरेको हो ।
त्यस्तै पक्राउ पर्मेमा गढवा गाउँपालिका-६ खबरी निवासी वर्ष ४१ का विक्रम बुढा मगर, राजपुर गाउँपालिका -१ गुरुङ खोला निवासी वर्ष ५३ का केशवराज सेन ठकुरी र बर्दियाको बारबर्दिया नगरपालिका -४ पदनाह निवासी वर्ष ३३ का अनिल थारु रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रहरी निरीक्षक रोशनराज पाण्डेयले जानकारी दिए ।
यसैगरी पाटे बाघको छाला सहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय देउखुरी दाङलाई बुझाउने तयारी भैरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए ।
