Sidha Patra शनिबार, आषाढ २०, २०८२

दाङ । दाङको तुलसीपुरमा लागु औषध सहित ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चालु आर्थीक बर्ष २०८१/०८२ को श्रावन महिनादेखि हालसम्मको अवधीमा तुलसीपुरका विभिन्न स्थानबाट ३३ जनालाई लागु औषध सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिनोदराज खत्रीले जानकारी दिए ।

त्यस्तै उनका अनुसार गत श्रावन १८ गते तुलसीपुर–६ बाट ६३ मिलिग्राम ब्राउनसुगरसहित १ जना,भदौ २ गते तुलसीपुर–१७ बाट २७० मिलिग्राम ब्राउनसुगरसहित ३ जना,भदौ ७ गते तुलसीपुर–७ पर्सेनीबाट ४७० मिलि ग्राम ब्राउनसुगरसहित २ जना, असोज १८ गते पर्सेनीबाटै ७२० मिलिग्राम ब्राउनसुगर सहित २ जना, आसेज २७ गते तुलसीपुर –६ सुकौरा रोडबाट २२० मिलिग्राम ब्राउनसुगर सहित १ जना, कात्तिक ४ गते तुलसीपुर –१८ बिजौरीबाट ५१० मिलिग्राम ब्राउनसुगरसहित १ जना, कात्तिक ११ गते तुलसीपुर–८ बाट २६९ पत्ता २६ सय ९० ट्याबलेट ट्रामाडोलसहित १ जनालाई पक्राउ गरिएको छ ।

यसैगरी मंसिर १ गते तुलसीपुर उपमहानगरपलिका –१३ दमारगाउँबाट ३ ग्राम ८२१ मिलिग्राम ब्राउनसुगरसहित ३ जना, कात्तिक ७ गते तुलसीपुर –७ सल्यानरोडबाट ९० मिलिग्राम ब्राउनसुगरसहित २ जना,कात्तिक १७ गते दंगीशरण–४ बैबाङबाट १ सय मिलिग्राम ब्राउनसुगरसहित १ जना, माग १२ गते तुलसीपुर–६ बाट १२० मिलिग्राम ब्राउनसुगर सहित २ जना, माग १३ गते तुलसीपुर–५ ज्योति नगरबाट ५ ग्राम ७२० मिलिग्राम ब्राउनसुगरसहित २ जना, माग २५ गते तुलसीपुर–१८ बाट ९७० मिलिग्राम ब्राउनसुगरसहित १ जना, फागुन ५ गते १ ग्राम ३७० मिलिग्राम ब्राउनसुगरसहित २ लाई पक्राउ गरिएको उनले बताए ।

त्यस्तै फागुन ९ गते तुलसीपुर–७ बाट ७४० मिलिग्राम ब्राउनसुगरसहित १ जना, फागुन १२ गते तुलसीपुर–६ घोराही रोडबाट १ ग्राम २३० मिलिग्राम ब्राउनसुगरसहित १ जना, चैत १६ गते तुलसीपुर–९ चुलिसेबाट ३५० मिलिग्राम ब्राउनसुगरसहित १ जना, चैत १८ गते तुलसीपुर–९ अटोभिलेजबाट २ ग्राम ब्राउनसुगरसहित १ जना, चैत २० गते तुलसीपुर–१७ फोटिनाइन चोकबाट २ ग्राम ३४० मिलिग्राम ब्राउनसुगरसहित २ जना, चैत २५ गते तुलसीपुर–१८ हेमन्तपुरबाट ४७० मिलिग्राम ब्राउनसुगरसहित २ जना र गत जेठ २८ गते तुलसीपुर–७ शिवनगरबाट २६० मिलिग्राम ब्राउनसुगरसहित २ जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक खत्रीले बताए ।

त्यस्तै पक्राउ परेकाहरुको साथबाट जम्मा २१ ग्राम ९४१ मिलि ग्राम लागु औषध ब्राउन सुगर र २६९ पत्ता २६ सय ९० ट्याबलेट ट्रामाडोल बरामद गरिएको छ । पक्राउ परेका मध्य २ जना मात्रै महिला रहेका छन भने अरु सबै पुरुष रहेका छन् । यसमा सबैभन्दा धेरै लागु औषध ब्राउनसुगर नै फेला परेको छ । लागु औषध कारोबारमा सक्रिय रहेकी तुलसीपुर –८ निवासी तिलक कुमारी बिश्वकर्मालाई पक्राउ गरेदेखी तुलसीपुरमा लागु औषधको कारोबारमा कमि आएको प्रहरीले जनाएको छ । उनलाई गत कात्तिक ११ गते घरबाटै ठुलो परिमाणमा लागु औषधसहित प्रहरीले पक्राउ गरेको थियो । उनको साथबाट प्रहरीले २६९ पत्ता र २६ सय ९० ट्याब्लेट ट्रामाडोल बरामद गरेको थियो ।

यस्तै इलाका प्रहरी कार्यालय तुलसीपुरको प्रमुखको रुपमा आएदेखी लागु औषध नियन्त्रणमा सक्रिय रुपमा लागिरहेको डिएसपी अनिल ठकुरीले बताएका छन् । लागु औषध नियन्त्रण प्रहरीको एक्लो प्रयासले मात्रै सम्भव नहुने भएकाले सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने उनको भनाई छ । कहि कतै लागु औषध सेवन तथा कारोबार भइरहेको थाहा पाएमा तत्काल प्रहरीलाई खबर गरी सहयोग गर्न पनि उनले आम नागरिकलाई आग्रह गरेका छन् । तुलसीपुरखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र ओली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी,खडग ओली, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल

सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]