ओमप्रकाश गुप्ता शुक्रबार, आषाढ २०, २०८२

दाङ । देउखुरीको राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको सातौं अधिवेशन बिहीबार सम्पन्न भएको छ।

गाउँसभाको सातौं अधिवेशनअन्तर्गत चौथो बैठकले उपाध्यक्ष कमलापति चौधरीद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट तथा कार्यक्रमसँगै विभिन्न विधेयक र समितिहरूको प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको हो ।

बैठकले राप्ती गाउँपालिकाको आर्थिक विधेयक, २०८२ तथा विनियोजन विधेयक,२०८२ पारित गर्नुका साथै हालसम्म कार्यपालिकाबाट स्वीकृत निर्णयहरु,श्रोतान्तर र संशोधन आवश्यक योजना प्रस्तावहरूलाई समेत अनुमोदन गरेको छ। त्यसैगरी सभाबाट योजना,अनुगमन तथा सुपरीवेक्षण समिति, न्यायिक समिति,सार्वजनिक लेखा समिति,दिगो विकास तथा सुशासन समिति र विधायन समितिद्वारा प्रस्तुत प्रतिवेदनहरू पनि सर्वसम्मत पारित भएका छन्।

बैठकले गाउँसभा सदस्य स्व. टेकबहादुर राउतको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्तावसमेत पारित गरेको छ। सभाले यस अघि असर १० गते गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले प्रस्तुत गर्नु भएको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम समेत सर्वसम्मत रुपमा पारित गरेको थियो । सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष प्रकाश विष्टले नीति तथा बजेटमार्फत आगामी वर्ष गाउँपालिकालाई समावेशी, उत्तरदायी र दिगो विकासतर्फ अघि बढाउने बताए। उनले शिक्षा, स्वास्थ्य,कृषि,पूर्वाधार,रोजगार सृजना र सामाजिक सुरक्षालाई बजेटमा प्राथमिकता दिइएको उल्लेख गर्दै पारित नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]