
Lks
Ggp
Rgp
Rgp
Sgp
Asb
Usb
Rgp
Dbs
Rgp
Jns
ksb
Dus
Ggp
lnp
Lnp
Pbu


दाङ । दलित शसक्तिकरण अभियान गढवाको आयोजना तथा लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरको आर्थीक सहयोगमा देउखुरीको गढवामा असार ४ देखि सुरु भएको महिलाहरुको सिप बिकास कार्यक्रम अन्तर्गत कुसन, गुडीया र डल बनाउने १५ दिने तालिम एक कार्यक्रमका बिच बुधवार समापन गरिएको छ ।
अभियानका अध्यक्ष बेगम गहतराजको अध्यक्षता र गढवा गाउँपालिका न्यायीक समितिका सदस्य रेखा थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी थापाले महिलाहरुले सिकेको सिपलाई स्वरोजगारमा बदल्न आव्हान गरे । कार्यक्रममा गढवा गाउँपालिका भिटा परियोजनाका संयोजक बसन्त कुमार शर्मा, प्रशिक्षक सिता चौधरी, पत्रकार शिबराज पन्थी, दलित सचेतना अभियान दाङका अध्यक्ष शसीराम नेपाली, सहभागिहरु राधा डिसी, शिक्षा परियार, बिपुला शर्मा र रिना गुप्ता लगायतले बोलेका थिए ।
त्यस्तै उक्त सिप विकास तालिममा गढवा गाउँपालिका वडा नम्बर ५,६ र ७ का गरि ६४ जना महिलाहरुको सहभागिता रहेको थियो । अभियानका उपाध्यक्ष चन्द्र बहादुर नेपालीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष जया बिश्वकर्माले गरेका थिए ।
