
lnp
Rgp
Dbs
Dus
Lks
Rgp
Asb
Ggp
Pbu
Ggp
Usb
Rgp
Jns
Lnp
Rgp
Sgp
ksb


दाङ । लमही नगरपालिका वडा नम्बर १ सुनडबरीमा सञ्चालित कम्प्युटर तालिमको समापन गरिएको छ। सूचना प्रविधिमा आधारित सीप विकासलाई प्राथमिकतामा राख्दै सञ्चालित तालिममा ४५ जना युवाहरु सहभागी भएका थिए ।
समापन समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी नगर प्रमुख जोगराज चौधरीले प्रविधिमा दक्ष जनशक्ति उत्पादन यस्ता तालिमहरू अपरिहार्य भएको बताए । उनले भने, “आजको युग सूचना प्रविधिको युग हो। कम्प्युटर सीपले युवालाई आत्मनिर्भर बनाउने, रोजगारी सिर्जना गर्ने र आत्मविश्वास बढाउने काम गर्छ।” उनले सहभागी युवाहरुलाई सिकेको सीपलाई व्यवहारमा प्रयोग गर्दै निरन्तर अभ्यास र सिकाइमा अघि बढ्न प्रेरणा दिएका थिए ।
नगर प्रमुख चौधरीका अनुसार,सूचना प्रविधिमा पहुँच बढोस भन्ने उद्देश्यले वडा नम्बर १ बाट सुरु गरिएको तालिम कार्यक्रम क्रमशः अन्य वडामा पनि विस्तार गरिँदैछ । यसले वैदेशिक रोजगारीको विकल्प खोज्ने युवालाई स्वदेशमै अवसर देखाउने विश्वास उनले व्यक्त गरे ।
वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेलले स्थानीय सरकारले सूचना प्रविधिलाई प्राथमिकताको सूचीमा राखेर युवाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले निरन्तर सीपमूलक तालिम सञ्चालन गरिरहेको जानकारी दिए । उनले भने,“हामी सूचना प्रविधिका क्षेत्रमा युवाहरुलाई सक्षम बनाउन चाहन्छौँ। तालिमलाई सबै वडामा विस्तार गर्ने योजना बनाएका छौँ।” उनका अनुसार कम्प्युटर तालिमसँगै मोबाइल मर्मत,सिलाईकटाई, ब्युटीपार्लर जस्ता व्यावसायिक सीप तालिमहरु पनि वडास्तरीय योजनामार्फत सञ्चालन गरिनेछ ।
त्यस्तै तालिममा सहभागी युवाहरुले कम्प्युटर सञ्चालन,इन्टरनेट प्रयोग,टाइपिङ,डकुमेन्ट तयार गर्ने जस्ता व्यवहारिक सीप सिकेको प्रतिक्रिया दिएका छन् । उनीहरुले यस्तो तालिम नियमित रुपमा सञ्चालन गर्न आग्रह समेत गरेका छन्।
तालिम लमही नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोगमा सञ्चालित थियो भने प्राविधिक सहयोग आइसिटी कम्प्युटर ट्रेनिङ सेन्टरका सञ्चालक जयप्रकाश पौडेलले गरेका थिए।
समापन कार्यक्रममा वडा अध्यक्ष दामोदर पौडेलको अध्यक्षता तथा नगर प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यता भएको समापन कार्यक्रमको स्वागत मन्तव्य कार्यपालिका सदस्य किरण चौधरीको रहेको थियो भने वडा सचिव बिन्तीराम चौधरीको सहजीकरण रहेको थियो ।
लमही नगरपालिकाले युवालाई दक्ष,आत्मनिर्भर र प्राविधिक क्षेत्रमा सक्षम बनाउने अभियानलाई तीव्रता दिइरहेको छ । यस्तो पहलले युवाको भविष्य उज्यालो बनाउने अपेक्षा गरिएको छ ।
