शिबराज पन्थी/सिधा-पत्र कर्मी बिहिबार, आषाढ १९, २०८२

दाङ । मनसुन जन्य संभावित विपदका घटनाहरुको प्रतिकार्य गर्न गढवा गाउँपालिका पूर्वतयारीमा जुट्दै छ ।

बुधवार गढवा गाउँपालिकाले पालिका स्तरीय विपद् ब्यवस्थापन समितिको बैठक बसाली पूर्वतयारी र प्रतिकार्यका बिभिन्न योजनाहरु निर्माण गरेको गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलले जानकारी दिए ।

देउखुरीको राप्ती नदीमा आउने बाढी र दर्जनबढी खहरे खोलाहरुमा आउने बाढीलाई मध्यनजर गर्दै पालिकाले पूर्व तयारीका योजनाहरु तय गरेको विपद् ब्यवस्थापन समितिका फोकल पर्सन इन्जीनियर शेषमणी शर्मा पौडेलले जानकारी दिए । जस अनुसार बाढीबाट हुने संभावित विपद् प्रतिकार्यमा जुट्न प्रहरी प्रशासन,विपद् ब्यवस्थापन सम्बन्धि वडा तहका समितिहरु,राजनितीक दलहरु एवं सरोकारवाला सबैले आ–आफ्ना स्वयंसेवक दस्ता र संयन्त्रहरु परिचालन गर्ने,विपद प्रतिकार्य र उद्धार तथा राहातका लागि सामाग्रीहरुको खरिद, ब्यवस्थापन गर्ने,जोखिम क्षेत्र र सुरक्षित स्थानको पहिचान गरी तटबन्धन,स्परनिर्माण र प्राबिधिक अध्ययन गर्ने र स्थानीय सरकारको विपद् ब्यवस्थापन समितिले गरेका आकस्मिक निर्णयहरुको अनुमोदन गर्ने कार्य गरिएको फोकल पर्सन पौडेलले बताए ।

राप्ती नदीमा बाढी आउँदा पूर्व सुचना प्रणालीको ब्यवस्थापन रहेको तर स्थानीय खहरे खोलाहरुमा आउने संभावित बाढीको पूर्व सुचना प्रणाली नभएका कारण खहरे खोलाहरुले निम्त्याउने विपद् खतरापूर्ण आंकलन गरिएको पालिकाले जनाएको छ । जस अनुसार विपद् निम्तीने क्षेत्रहरु मध्ये गढवा १ को बडहरा तथा पुतलीबजार, २ नम्बर वडाका डाँडागाउँ,बघमरुवा,रात्री स्कूल र आसपासका वस्तिहरु,३ नम्बर वडामा सुपैला तथा खैराको वस्ति, ४ नम्बर वडामा पर्सा,कटियानगाउँ र परस्पुर,५ नम्बर वडाका पर्सिया,चैनपुर, मगहर,लालपूर,लोखरपुर, धर्मपुर, तकियापुर,र बोधीपुर,६ नम्बर वडाका हाँसीपुर खाल, प्रगतिनगर र गढवा गाउँपालिकाको पुरानो भवन आसपासका वस्तिहरु तथा प्रनाहा गौडी,७ नम्बरका सेमरी,मोतिपुर,कान्छीगाउँ, झारबैरा,मक्नहवा र मानपुर तथा ८ नम्बरका मुसीनाका तथा खबरीनाका वस्तिहरु बाढी पहिरो डुवान,कटानको उच्च जोखिममा रहेको क्षेत्रहरुको पहिचान गरी क्रमशः पचाहा माबि,कोठरी सामुदायिक भवन,सुपैला विद्यालय र टुसा सहकारीको भवन,४ नम्बर वडा कार्यालय तथा दिपेन्द्र होमजुन माबि,सिपी नेपालको हल, गढवा बहुमुखि क्याम्पस र मनिकापुर स्कूल,जनता माबि गढवा र मुसी खबरी नाकाका सम्बन्धित बिद्यालयहरुलाई सुरक्षित स्थानका रुपमा पहिचान गरि ब्यवस्थापन गर्ने निर्णय गरिएको पालिकाको विपद् ब्यवस्थापन समितिले जनाएको छ ।

यसैगरि विपदको जोखिम न्यूनीकरण गर्न गढवा गाउँपालिका वडा नम्बर १ पुतलिबजार स्थित गुलरेहनी खोलामा अस्थाइ तटबन्धन गर्ने र बडहरा राप्ती नदीको तटबन्धन मर्मतको लागि जनताको तटबन्धन कार्यालयलाई पत्राचार गर्ने,वडा नम्बर २ डाडागाउँ स्थित मन्द्रेणी खोला र कोठरीको उत्तरमा अस्थाइ तटबन्धन गर्ने,गढवा गाउँपालिका परिसर र पुरानो गा.पा भवन आसपासको क्षेत्रबाट पानी निकासको लागि आवश्यक कार्यको लागत अनुमान तयार गरि तत्काल कार्यान्वयन गर्ने,दाङ एग्रिगेट बालुवा वासिङको पश्चिम तर्फ सिक्रहवा खोलालाई च्यानलाइज गरि नक्शा अनुसारकै ठाउँबाट खोला बग्ने आवस्थामा ल्याउने र सो वाट उत्पादन हुने माटोजन्य पदार्थ गढवा १५ सैया अस्पत्तालको प्रांगणमा फिलिङको लागि ल्याउन अनुमति दिने, गढवा ३ को सरस्वती माध्यमिक विद्यालय भवनको छाना हावाहुरीले क्षती पुगेकोमा लागत अनुमान तयार गरि तत्काल मर्मत गर्ने तथा वडा नम्बर ५ पश्चिम सुतैया कटान नियन्त्रणको लागि आवश्यक कार्य अगाडी बढाउने समेत निर्णय भएको पालिकाले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]