
Rgp
Dbs
Rgp
Ggp
Jns
Sgp
Usb
Lks
Asb
lnp
Rgp
Lnp
ksb
Ggp
Rgp
Pbu
Dus


धनगढी । सुदूरपश्चिमकाे हाल राजधानी रहेकाे धनगढीमा लगातारकाे वर्षापछि डुबानमा परेर फसेका ८ जनालाई प्रहरीले उद्दार गरेकाे छ ।
प्रहरीले धनगढी उपमहानगरपालिका- ७ काे बेली गाउँका चार जना र धनगढी- १३ काे श्रीलंकाका चार जना गरेर आठ जनाकाे उद्दार गरेकाे छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले बेलीका सिताराम रानाकाे एक तले कच्ची घर डुबानमा परेपछि उनी सहित परिवारका चार जनालाई उद्दार गरेर नजिकै रहेका आफन्तकाे घरमा सारिएको बताए । साथै उनले धनगढी-१३ श्रीलंकाका भागीराम चाैधरीका परिवारका चार जनाकाे उद्दार गरेर स्थानीय नवज्योति आधारभूत विद्यालयमा राखिएको बताए ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय कैलालीकाअनुसार लगातारकाे वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्रका झन्डै एक हजार घरमा पानी पसेकाे छ । प्रशासकीय अधिकृत शिवराज जाेशीले धनगढी उपमहानगरपालिका-१, २, ३,४,५,७,८ र १० नम्बर वडा वर्षाका कारण प्रभावित भएको बताए । उनले यी वडाका झण्डै एक हजार घरधुरीमा पानी पसेकाे बताए । आइतबार साँझदेखि लगातार वर्षा भइरहेको छ ।
यस्तै धनगढी बजार क्षेत्रका अधिकांस सडक तथा पसलहरु पनि डुवानमा परेका छन् । लगातारकाे वर्षा र डुवानका कारण धनगढी बजारका अधिकाश पसल बन्द रहेका छन भने हिँडडुल पनि प्रभावित भएकाे छ ।
