Sidha Patra आइतबार, आषाढ १५, २०८२

काठमाडौँ । देशको विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर ७ जनाको मृत्यु भएको छ । कपिलवस्तु, रुपन्देही, सुनसरी, सिराहा लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको हो ।

कपिलवस्तुको शिवराज नगरपालिका–८ बिसनपुरस्थित सडकमा बिसनपुरबाट मौलीतर्फ जाँदै गरेको रा.४ प ६४५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २७ वर्षीय महेश चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । त्यस्तै रुपन्देहीको गैडहवा गाउँपालिका–३ लालपुर चोकमा मंगलपुरबाट जोगडातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश–०१–००६ प ४८४७ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार मायादेवी गाउँपालिका–२ तिलोरी बस्ने ४५ वर्षीया सुमित्रा यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै उता सुनसरीको राम धुनी नगरपालिका–७ बासबिटीस्थित सडकमा को–३३ प ९६०५ नम्बरको मोटरसाइकल र प्रदेश १–०२–०५६ प ५८६४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार बेलुकी दुर्घटना हुँदा दुवै मोटरसाइकलमा सवार ३ जनाको मृत्यु भएको छ ।

त्यस्तै मृत्यु हुनेहरुमा प्रदेश १–०२–०५६ प ५८६४ नम्बरको मोटरसाइकल चालक राम धुनी नगरपालिका–६ बस्ने ३४ वर्षीय इनर्चन चौधरी, उनको छोरा ९ वर्षीय प्रनिश चौधरी र को–३३ प ९६०५ नम्बरको मोटरसाइकल चालक इनरुवा नगरपालिका–६ बस्ने वर्ष ५१ वर्षीय बिन्दु यादव रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै सिराहाको औरही गाउँपालिका-१ दरहैया चोकमा मधेस प्रदेश ०१(००१ त २५४३ नम्बरको ट्याक्टर शनिबार राति दुर्घटना हुँदा चालक बरियारपट्टी गाउँपालिका–३ बस्ने २५ वर्षीय सतवा यादवको घटनास्थलमै मृत्यु भएको छ । उता, पर्वतको फलेवास नगरपालिका–८ नेपानेस्थित सडकमा लमायखोलाबाट फलाम खानीतर्फ जाँदै गरेको ग.१ ज ६९७ नम्बरको बोलेरो अनियन्त्रित भई दुर्घटना हुँदा बोलेरोमा सवार फलेवास नगरपालिका– ८ ठानामैला बस्ने ३९ वर्षीय डोलबहादुर क्षेत्रीको मृत्यु भएको छ ।

शनिबार बेलुकी भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु गए राति मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बोलेरोमा सवारमध्ये २ जनाको सोही अस्पतालमा र १ जनाको प्रदेश अस्पताल पर्वतमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । रातोपाटी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]