Sidha Patra शनिबार, आषाढ १४, २०८२

दाङ । बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर –१४ भोजपुर निवासी ३८ वर्षका चन्द्र मगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिको छ ।

बालिकालाई ५ सय रुपैयाँ दिएर अभियुक्तले करणी गरेको आरोप लागेको छ । प्रहरीले घटनाका सम्बन्धमा थप अुनसन्धान अघि बढाएको छ । घटना पश्चात पिडितले दिएको जाहेरीका आधारमा प्रहरीले शुक्रबार साँझपख मगरलाई पक्राउ गरेको थियो ।

त्यस्तै गोपिनियतालाई ख्याल गर्दै घटना भएको स्थान र पिडितको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ ।

कानूनले के भन्छ ?

मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २१९ को उपदफा ३ बमोजिम दोषी ठहर भएमा करणी गर्दाको अवस्था र उमेर हेरी १० वर्ष भन्दा कम उमेरकी बालिका भए १६ देखि २० वर्षसम्म, १० देखि १४ वर्ष मुनिकी बालिका भए १४ वर्षदेखि १६ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ ।

त्यसैगरी १४ देखि १६ वर्ष उमेरकी बालिका भए १२ वर्षदेखि १४ वर्ष, १८ वर्ष भन्दा कम उमेरकी महिला भए १० देखि १२ वर्ष र १८ वर्षभन्दा बढी उमेरकी भए ७ देखि १० वर्षसम्म कैद हुने कानुनी व्यवस्था रहेको छ । तुलसीपुरखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]