
Lnp
Srbpu
Sgr
Rgp1
Gfs
sbs
Pbu
Ggp
cjs
pku
Rgp
Unsku
Djs
Pes

Rgu
Bbbpu
Wsp
Sbs
Ggd
Pvg
Asm
Gst
Rsb
Ssm
Bbu
nsb
Rgu
Sls
Hal
Vor
Tsm
Rgs
Ksm

Jmb
Mks
Pls
Syp
Ptm
bbt
Jmb
Bml
Rpp
Gsb
Rmb
Abd
sab
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा ‘पोषणमार्फत जीवन रुपान्तरण परियोजना’को पालिका स्तरीय सल्लाहकार समितिको बैठक बुधबार मसुरियामा सम्पन्न भएको छ ।
हेलेन केलर इन्टरनेसनल,आईडीई नेपाल र बेस संस्थाको आयोजनामा तथा राप्ती गाउँपालिकाको समन्वयमा आयोजित बैठकमा चालु आर्थिक वर्षमा गरिएको गतिविधि र आगामी योजनाका विषयमा प्रस्तुति तथा सुझाव आदानप्रदान गरिएको थियो।
बैठक राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा अध्यक्ष विष्टले बालबालिकाको समग्र विकासका लागि पोषणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउँदै गर्भावस्थादेखि नै पोषणमा विशेष ध्यान दिनु आवश्यक रहेको उल्लेख गरे ।
“पोषण बालबालिकाको शारीरिक वृद्धि मात्र नभई बौद्धिक तथा सामाजिक विकासको मूल आधार हो,” अध्यक्ष विष्टले भने,“बालमैत्री समाज निर्माण गर्न पोषण सुरक्षालाई समुदायको साझा अभियान बनाउनुपर्छ।”उनले नेपाल सरकारले ल्याएका पोषणसम्बन्धी नीतिहरुको प्रभावकारी कार्यान्वयन गर्न सके कुपोषणको अवस्था घटाउन सकिने बताए । साथै सन्तुलित तथा अर्गानिक खानपिनको अभ्यासलाई प्रवर्द्धन गर्न सबै तहको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे ।
कार्यक्रममा बेस संस्थाका कृषि तथा पोषण अधिकृत मनोज चौधरीले राप्ती गाउँपालिकाको वडा नं. २, ५ र ९ मा परियोजना अन्तर्गत सञ्चालित कार्यक्रमहरुको विस्तृत विवरण प्रस्तुत गरे ।चौधरीका अनुसार सो वडाहरुमा पोसिलो खाना प्रदर्शनी,घरबारी बगैंचा तालिम,तरकारी नर्सरी, गडौला मल उत्पादन,बायो स्याण्ड फिल्टर वितरण, कुखुरा तथा चल्ला वितरण,बिउ बिजन वितरण, सरसफाइ किट वितरण,जनचेतना विस्तार,जलवायु मैत्री कृषि अभ्यास तथा एकीकृत व्यवस्थापन सम्बन्धी प्रदर्शनी प्लान्ट निर्माणजस्ता कार्यक्रमहरू सञ्चालन भइरहेको बताए । कडा शीघ्र कुपोषण तथा मध्यम शीघ्र कुपोषण देखिएका घरधुरी भएका वडामा लक्षित क्रियाकलाप सञ्चालन गरिएको जानकारी दिए ।
त्यस्तै कार्यक्रममा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरी,प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु,शाखा प्रमुखहरु, स्वास्थ्यकर्मी,महिला स्वास्थ्य स्वयंसेविका तथा परियोजनाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
बेस संस्थाका जिल्ला सचिव रुपलाल चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सहजीकरण राप्ती गाउँपालिकाका स्वास्थ्य अधिकृत धनबहादुर बुढा क्षेत्रीले गरेका थिए ।
