तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका शनिबार, आषाढ ०६, २०८२

दाङ । देउखुरीको राप्ती गाउँपालिकाले नीति तथा कार्यक्रम गाउँसभामा प्रस्तुत गरेको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरको विशेष उपस्थितिमा गाउँपालिकाको ७ औं गाउँसभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

गाउँसभामा पालिकाले हालसम्म हासिल गरेका उपलब्धिहरू जानकारी गराउँदै नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष विष्टले समृद्ध र विकसित राप्ती निर्माण गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको बताए । उनले सीमित स्रोत र साधनका बीच जनताको आवश्यकता र अपेक्षालाई प्राथमिकता निर्धारण गरी योजनाबद्ध रूपमा कार्यान्वयन गरिने स्पष्ट पारे ।

“नागरिकका असिमित चाहना र आवश्यकता तत्कालै पूरा गर्न सम्भव नहोला,” अध्यक्ष विष्टले भने, “तर हामी जनताको हितलाई केन्द्रमा राख्दै शिक्षा, स्वास्थ्य, कृषि, उद्यम, पर्यटन र पूर्वाधारजस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै आएका छौं र आगामी दिनमा अझ प्रभावकारी रूपमा अगाडि बढ्नेछौं।”

सभाका प्रमुख अतिथि समेत रहनुभएका लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले संघ, प्रदेश र स्थानीय तहबीचको अधिकार नेपालको संविधानले स्पष्ट रूपमा व्यवस्था गरेको बताए । उनले नेपालमा दुई तहको संसदीय व्यवस्था रहेको उल्लेख गर्दै संघीय र प्रदेश सरकारहरूमा पटक–पटक सरकार परिवर्तन भए पनि स्थानीय सरकार स्थायी भएकाले स्थायित्व, निरन्तरता र जनउत्तरदायित्वमा यसको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरे ।

गाउँसभाको बैठक असार ९ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ।

“स्थानीय सरकार भनेको जनताको ढोका अगाडिको सरकार हो,” सभामुख घर्तीले भने, “यसले सेवा प्रवाहमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले पारदर्शिता, जवाफदेहिता र जनसहभागिता सुनिश्चित गर्नु यसको पहिलो जिम्मेवारी हो।”सभामुख घर्तीले नीति तथा कार्यक्रममार्फत जनताको आवश्यकता, इच्छा र अपेक्षा सम्बोधन गर्न स्थानीय सरकार प्रतिबद्ध हुनुपर्नेमा जोड दिए । साथै,स्थानीय सरकारलाई संघ र प्रदेशभन्दा बढी विश्वासिलो र जनमुखी बनाउने अवसरको रूपमा लिन आह्वान गरे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]