
cjs
Rgp
Sgr
Srbpu
Unsku
Ggp
Pbu
Rgp1
Pes
Gfs
pku
Djs
Lnp
sbs

Wsp
nsb
Rgs
Vor
Ksm
Rgu
Ggd
Sls
Bbu
Rgu
Hal
Gst
Asm
Ssm
Tsm
Rsb
Pvg
Sbs
Bbbpu

Rpp
Abd
Rmb
Jmb
bbt
Pls
Bml
Jmb
Ptm
Gsb
sab
Syp
Mks
दाङ । नेकपा एसका सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीले एक जना ठेकेदारलाई ५ करोड ४० लाख रुपैयाँको चेक काटेको प्रमाण भेटिएको छ । तर हस्ताक्षर नमिलेको तथा खातामा पर्याप्त रकम पनि नभएपछि चेक बाउन्स भएको थियो ।
मेटमणिले रोल्पाका धात बुढा मगरलाई बुढालाई एभरेष्ट बैँक (सांसदले तलब भत्ता बुझ्ने सिंहदरबार भित्रको शाखा) को चेक २०८१ पुस २६ गते हस्ताक्षर गरेर दिएका थिए । तर उक्त चेकमा मेटमणिले गरेको उनको वास्तविक हस्ताक्षरभन्दा फरक छ । जानाजान हस्ताक्षर बिगारेको आरोप बुढामगरले लगाएका छन् ।
अंग्रेजी भाषामा लेखिएको चेकमा अक्षरमा रकम लेख्नुपर्ने ठाउँमा करोड र चालिस लेखिएको पनि स्पष्ट छैन । सांसद चौधरीले बुढामगरलाई दिन चेकमा हस्ताक्षर गरिरहेको देखिने भिडिओ पनि बाहीर आएको छ । कुनै होटलभित्र खिचिएको यो भिडिओमा मेटमणि र बुढामगरसहित थप दुई व्यक्ति छन् । तीन पटकसम्म चेक नसाटिएपछि बुढामगरले बैंकिङ नियमअनुसार चेक बाउन्सको सात दिनको सूचना निकाल्न निवेदन दिएका थिए । उनले सांसद चौधरीविरूद्व प्रहरीमा उजुरीसमेत गरेका छन् । हुलाकमार्फत उजुरी आएपछि दाङ प्रहरी कानूनी परामर्शमा लागेको छ ।
दाङ प्रहरी प्रमुख अर्जुन तिमिल्सिनाले हिजो प्रमुख जिल्ला अधिकारी र जिल्ला न्यायाधीवक्तासँग कानूनी परामर्श लिएका छन् । ‘एसपी, सिडिओ र जिल्ला न्यायाधीवक्ताबीच हिजो यस विषयमा गम्भीर छलफल भएको छ,’ एक जना प्रहरी अधिकारीले भने, ‘छलफलमा चेक अनादर मात्रै नभई ठगी तथा जालसाजीको कसुर पनि आकर्षित हुने निष्कर्ष निकालिएको छ ।’
चेकमा गलत लेखाइ र नक्कली हस्ताक्षर गरी ठगी गर्ने उद्देश्य देखिन आएकाले ठगीको कसुर समेत आकर्षित हुने निष्कर्ष निकालिएको हो ।
सांसद चौधरीले चेकमा गरेको गडबडी एभरेष्ट बैंक स्रोतले पुष्टि गर्यो । ‘मेटमणिको हस्ताक्षर नै मिल्दैन । करोड लेखेको पनि बुझिँदैन,’ बैंक स्रोतले भन्यो, ‘चेकमा लेखिए बमोजिम पर्याप्त रकम पनि खातामा छैन ।’ चौधरी यसअघि शहरी विकास मन्त्री भएका थिए ।
यस विषयमा संसद चौधरीका स्वकीय सचिव सुदन खनालले भने चौधरीको चेक हराएको दाबी गरे ।
उनले भने, ‘माननीयज्यूको चेक हराएको थियो, कुन चैँ बदमासले आफैँ अंक भरेर बाउन्स गरेछ । माननीय ज्यूको हस्ताक्षर नै मिल्दैन ।’
सांसद चौधरी दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् । यसैबिच मेटमणिले आफुले कुनै रकम लेनदेन नगरेको दाबी गरेका छन । उनले उजुरी हालेको भनिएका मगर र आफु बिच मामा भान्जाको सम्बन्ध रहेको र उनिसंग कुनै आर्थिक कारोबार नरहेको बताए ।`आमापछिको मामा भन्थ्यो, मैले भान्जा भन्थे, म त मर्न लाईगे मामा भन्यो, तपाईको चेक दिएपछि मलाई सजिलो हुन्छ भन्यो, अनि मैले चेक दिएको हो, सरकारी काममा कहिले काहीँ अड्किदा मैले सहयोग गर्थे, त्यो बाहेक लेनदेन नै गरेको छैन, हामि दुबै बिचमा सहयोग आदान प्रदान हुन्थ्यो, भान्जाको चेक मसंग पनि छ, पानीले भिजेको हुँदा नयाँ चेक देउ भन्दा भान्जाले दिएनन्, अहिले चेक अनादरमा मुद्धा हालेको भन्ने सुन्दै छु, त्यती धेरै पैसा मसंग छन पनि छैन, यो सबै नचाहिने कुरा हो, एमालेका मानिसहरुले उक्साएर म विरुद्ध उजुरि हालेका हुन ।´ मेटमणिले दाबी गरे । मेटमणिले बेला-बेला एमाले विरुद्ध चर्को बोल्ने गर्दै आएका थिए । नेपालप्रेस
