
Rsb
Nsb
Usb
Ksb
jsb
Tgp
Bsn
Fmb
Ksb
Ssb
Ksb
Ppu
Ssb
Csb
Rks
Gsb

Gsb
Tsb
Hl1
Ssb
Usb

ptl
Nps
Rgu
काठमाडौँ । नेपाल प्रहरीले जनपद प्रहरी समूह तर्फ प्रहरी जवान पदमा नयाँ भर्नाका लागि पद संख्या थप गरेको छ ।
यसअघि माग गरिएको १ हजार १६५ पदमा थप ६७७ पद थपिएसँगै अब कुल १ हजार ८४२ जनाले प्रहरी जवान बन्ने अवसर पाउने भएका छन्।
प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले बिहीबार एक सूचना जारी गर्दै पद थप गरिएको जानकारी दिएको हो।
नयाँ थपिएको सहित अब खुलातर्फ ९९३ जनाको माग गरिएको छ । यस्तै,समावेशी समूहतर्फ आदिवासी, जनजातिका लागि २६०,मधेसीका लागि २२८,महिलाका लागि १६२,दलितका लागि १२२, पिछडिएको क्षेत्रका लागि ४० तथा अमर अशक्त प्रहरी परिवारका लागि ३७ पदमा भर्ना गरिनेछ।
त्यस्तै यो पद संख्या थप सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि गरिएको सूचनामा उल्लेख छ।
