
Ksb
Ksb
Rks
Csb
Rsb
Ssb
Ssb
Usb
Gsb
Tgp
Ppu
Bsn
Ksb
Nsb

Usb
Hl1
Gsb
Ssb
Tsb

Nps
Rgu
ptl
दाङ । देउखुरीको लमहीमा रहेको देउखुरी पब्लिक स्कुलले बुधवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटीको समन्वय तथा रक्त सञ्चार सेवा केन्द्र लमहीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
रगत अभावका कारण देखापर्ने समस्यालाई समाधान गर्नका लागि यस किसिमको कार्यक्रमले केही हदसम्म सहयोग पुग्ने विश्वास लिएको स्कुलका प्रधानाध्यापक तथा प्रबन्धक भूमाण्डप केसीले जानकारी दिएका छन् । स्कुलका १४ जना शिक्षक, कर्मचारी तथा शुभचिन्तकहरुले रगतदान गरेका थिए । रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र घोराहीकी प्राविधिक इच्छा बुढामगर र लमहीकी प्राविधिक विष्णा पोख्रेलले सेवा दिएका थिए ।
स्कुलका प्रधानाध्यापक तथा प्रबन्धक भूमाण्डप केसीको अध्यक्षता एवम् नेपाल रेडक्रस सोसाइटी दाङका अध्यक्ष मदन गौतमको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण स्कुलका इ.सि.ए.प्रमुख कुबिर गिरीले गरेका थिए ।

