
Gfs
Unsku
Rgp1
Lnp
Pes
Rgp
Srbpu
pku
Sgr
Ggp
sbs
Pbu
Djs
cjs

Sbs
Ksm
Asm
Ssm
Hal
Pvg
Rgu
Rsb
Gst
Tsm
Sls
Bbbpu
Rgs
Ggd
nsb
Wsp
Vor
Rgu
Bbu

Pls
bbt
Rpp
Syp
Bml
Abd
Rmb
Mks
Gsb
Jmb
Jmb
Ptm
sab
दाङ । देउखुरीको लमहीमा रहेको देउखुरी पब्लिक स्कुलले बुधवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटीको समन्वय तथा रक्त सञ्चार सेवा केन्द्र लमहीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
रगत अभावका कारण देखापर्ने समस्यालाई समाधान गर्नका लागि यस किसिमको कार्यक्रमले केही हदसम्म सहयोग पुग्ने विश्वास लिएको स्कुलका प्रधानाध्यापक तथा प्रबन्धक भूमाण्डप केसीले जानकारी दिएका छन् । स्कुलका १४ जना शिक्षक, कर्मचारी तथा शुभचिन्तकहरुले रगतदान गरेका थिए । रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र घोराहीकी प्राविधिक इच्छा बुढामगर र लमहीकी प्राविधिक विष्णा पोख्रेलले सेवा दिएका थिए ।
स्कुलका प्रधानाध्यापक तथा प्रबन्धक भूमाण्डप केसीको अध्यक्षता एवम् नेपाल रेडक्रस सोसाइटी दाङका अध्यक्ष मदन गौतमको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण स्कुलका इ.सि.ए.प्रमुख कुबिर गिरीले गरेका थिए ।

