
Rgp
Pes
Sgr
Lnp
pku
cjs
Djs
Gfs
Rgp1
sbs
Ggp
Srbpu
Pbu
Unsku

Ggd
Rgu
Pvg
nsb
Rsb
Bbu
Ssm
Sls
Rgs
Sbs
Asm
Vor
Hal
Gst
Tsm
Wsp
Ksm
Bbbpu
Rgu

bbt
Syp
Jmb
Pls
Bml
Gsb
Ptm
Abd
Jmb
Rpp
sab
Mks
Rmb
काठमाडौं । मान्छेलाई जिउँदै इट्टा भट्टामा जलाएर हत्या गरेको आरोप लागेका आफ्तफ आलमलाई उच्च अदालत जनकपुर वीरगञ्ज इजलसबाट सफाइ दिने न्यायाधीश डा.खुसीप्रसाद थारुलाई मोसो दल्ने ३ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्सालकाअनुसार पक्राउ पर्नेमा गर्भु महतो, पदम बहादुर मगर र अविनाश भन्ने किशोर कुमार रहेका छन् । बिहीबार दिउँसो करिब ४ बजेतिर वीरगन्जमा इजलास बसिरहेको समयमा थारुमाथि उनीहरुले मोसो फालेका थिए । उनीहरुले नेकपा बहुमत पार्टी जिन्दावाद,जनताको कर खाएर जनताविरुद्ध फैसला गर्न पाइँदैन भन्दै मोसो फालेका थिए।
त्यस्तै जेठ १४ गते न्यायाधीश थारु र अर्का न्यायाधीश अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै आलमलाई सफाइ दिएको थियो । रौतहट जिल्ला अदालतका तत्कालीन न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान कसुरमा उनलाई दोषी ठहर गरेको थियो । त्यसलाई उट्याउँदै थारु र महर्जनको इजलासले सफाइ दिएपछि जनमानसमा असन्तुष्टि पैदा भएको थियो।
यस्तै संविधान सभा निर्वाचनताका २०६४ चैत २७ गते रौतहटको साविक राजपुर फरहदवा–४ मा रहेको कांग्रेस उम्मेदवार मोहम्मद अफताब आलमको घरमा बम विस्फोट भएको थियो । विष्फोटमा परी घाइते भएकालाई इट्टा भट्टामा लगेर जलाइएको दाबी गरिएको छ ।
