तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका बिहिबार, जेठ २९, २०८२

दाङ । देउखुरीकाे राप्ती गाउँपालिकामा शून्य होम डेलिभरीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम बुधबार मसुरियामा सम्पन्न भएको छ ।

गाउँपालिकाले वडा नम्बर १, २, ५ र ९ मा रहेका स्वास्थ्य संस्थाका व्यवस्थापन समितिका अध्यक्ष, सचिव तथा स्वास्थ्यकर्मीहरूलाई लक्षित गर्दै निर्देशिका र पालिकाले हालसम्म सञ्चालन गरिरहेका कार्यक्रमबारे जानकारी दिन उक्त कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रम राप्ती गाउँपालिकाका प्रवक्ता तथा सामाजिक विकास समिति संयोजक एवं वडा नम्बर २ का अध्यक्ष पहलवान चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो । अध्यक्ष चौधरीले पालिकाले सुरक्षित मातृत्वलाई उच्च प्राथमिकतामा राख्दै सबै वडाहरूलाई शून्य होम डेलिभरीतर्फ उन्मुख गराउने लक्ष्यसहित काम अघि बढाइरहेको जानकारी दिए ।

स्वास्थ्य शाखा प्रमुख नारायण राउतले पालिकाभित्रका सबै गर्भवती महिलाहरू स्वास्थ्य संस्थामै सुत्केरी भएपछि मात्रै शून्य होम डेलिभरी घोषणा गरिने बताए । उनका अनुसार आर्थिक वर्ष २०७६ मा वडा नम्बर ६ लाई पहिलोपटक शून्य होम डेलिभरी वडा घोषणा गरिएको थियो । त्यसयता वडा नम्बर ४, ७ र ८ पनि शून्य हाेम डेलिभरी वडा घोषणा भइसकेको जानकारी दिए ।

शाखा प्रमुख राउतले केही वडाका गाउँहरु भौगोलिक रूपमा विकट भएकाले शून्य होम डेलिभरी घोषणा गर्न चुनौती रहेको बताए । त्यस्तै उनले यस्ता चुनौतीका बाबजुद पनि पालिकालाई नै शून्य होम डेलिभरी घोषणा गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन भइरहेकाे जानकारी दिए ।

कार्यक्रममा स्वास्थ्य अधिकृत भारती सन्यासीले लुम्बिनी प्रदेश सरकारले तयार पारेको शून्य होम डेलिभरी सम्बन्धी निर्देशिका र यसको कार्यान्वयन प्रक्रिया बारे विस्तृत जानकारी गराए ।

राप्ती आधारभूत अस्पताल कालापानीका मेडिकल सुपरिन्टेन्डेन्ट डा. शरण चौधरीले शून्य होम डेलिभरी अभियान देशको समग्र विकासको आधार भएको उल्लेख गरे । सुरक्षित मातृत्वले समुदायको स्वास्थ्य सूचक सुधार्न महत्त्वपूर्ण भूमिका खेल्ने पनि उनले बताए ।

कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष तथा लालमटिया स्वास्थ्य चौकी भालुबाङका व्यवस्थापन समितिका अध्यक्ष गेम बहादुर खड्का, वडा नम्बर ५ का अध्यक्ष तथा सिसहनियाँ स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष देव प्रसाद चौधरी, विभिन्न वडाका सचिवहरू तथा स्वास्थ्य संस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण स्वास्थ्यकर्मी प्रतिमा विष्टले गरेकि थिइन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]