आलोक भाबुक/गढवा बुधबार, जेठ २८, २०८२

दाङ । देउखुरीको गढवा गाउँपालिकामा ४४९ औं आधारभूत स्काउट तालिम मंगलवारदेखि जनता माध्यमिक विद्यालय गढवामा सुरु भएको छ ।

गढवा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा,युवा तथा खेलकुद विकास शाखाको आयोजना तथा आर्थिक सहयोग तथा स्थानीय स्काउट गढवा गाउँपालिकाको व्यवस्थापनम गढवा गाउँपालिका वडा नम्बर ७ स्थित जनता माध्यमिक विद्यालय गढवाको सभाहलमा ६ दिने आधारभूत स्काउट तालिम सुरु भएको हो ।

५९९ औं स्काउट आधारभूत तालिमको उद्घाटन गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले पानसमा दिप प्रज्वलन तथा ब्यानर पढेर गरेका हुन् । तालिमको उद्घाटन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले पछिल्लो समयमा समाज असभ्यता भन्दा अराजक्ता तिर बढी अग्रसर भएकोले त्यस्ता गतिविधिलाई विद्यालय हुँदै गाउँ समाजसम्म अनुसाशनको सन्देश फैलाउन स्काउटले महत्वपूर्ण भुमिका निर्वाह गर्नेमा आफु आसाबादी रहेको बताए । स्काउटमा अनुसाशन सिर्जनात्मक ज्ञान बिकाश भएको आफुले महसुस गरेको बताउदै त्यसो ज्ञान सिप शिक्षा सबैतिर सञ्चार गर्न अनुरोध समेत गरे ।

त्यसैगरी बिभिन्न कार्यक्रमहरुमा स्काउट अग्रसर भएर काम गर्ने गरेको र कार्यक्रमको सोभा समेत बढाएको महसुस गरेकोले गढवा गाउँपालिकामा पनि स्काउटलाई सोही अनुसार अघि बढाएर एउटा गहनाको रुपमा संरक्षण गर्नुपर्ने बताए । तालिममा सिकेका कुरा सम्पूर्ण विद्यालयमा विद्यार्थीलाई सिकाउनु पर्ने कुरामा जोड दिए ।

६ दिनसम्म चल्ने तालिमका सहभागीलाई शारीरिक, मानसिक,सामाजिक,आध्यात्मिक र संवेगात्मक भावनाको विकाससँग सम्बन्धित जानकारी गराइनेछ । साथै अनुशासन,सदाचार,नैतिकताका विषयबारे पनि सिकाइनेछ । विपदपछिको उद्धार, राष्ट्र निर्माणमा कसरी योगदान दिन सकिन्छ भन्ने विषयमा पनि तालिम दिइने राष्ट्रिय प्रशिक्षक रत्नस्वरी चवालले जानकारी दिए ।

स्काउटको आधारभूत तालिमको प्रमुख प्रशिक्षकमा स्काउटको राष्ट्रिय प्रशिक्षक रत्नस्वरी चवाल रहेका छन् भने राप्ती गाउँपालिकाका प्रमुख आयुक्त छविलाल कणेल लगायत रहेका छन् । परामर्शकर्तामा कामना चौधरी र सुस्मिता राना रहनु भएको छ । ६ दिन सम्म सञ्चालन हुने आधारभूत तालिममा गढवा गाउँपालिकाका विभिन्न सामुदायिक तथा निजी क्षेत्रका विधालयका १९ जना महिला शिक्षकहरुको सहभागिता रहेको छ ।

गढवा गाउँपालिका अध्यक्ष तथा स्थानीय स्काउटका संरक्षक यमनारायण शर्मा पोख्रेलको अध्यक्षता भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय गढवाका प्रहरी नायब निरीक्षक दामोदर डांगी,गढवा गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखाका रबिलाल माझी,गढवा गाउँपालिका प्रमुख आयुक्त ईश्वरा पाठक,राप्ती गाउँपालिकाका प्रमुख आयुक्त छविलाल कणेल,जनता माध्यमिक विद्यालय गढवाका प्रधानध्यापक राम सुरत यादव, विभिन्न विद्यालयका स्काउटकर्मी लगायतको सहभागिता रहेको थियो।

तालिमको उद्घाटन कार्यक्रममा बोल्दै गढवा जनता माध्यमिक विद्यालय गढवाका प्रधानध्यापक राम सुरत यादव,स्काउटका गढवा गाउँपालिका प्रमुख आयुक्त ईश्वरा पाठक,राप्ती गाउँपालिकाका प्रमुख आयुक्त छविलाल कणेल,स्थानीय स्काउट सदस्य रिता कुमारी शर्मा लगायतले बोलेका थिए ।
स्थानीय स्काउट सदस्य रिता कुमारी शर्माको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण स्थानीय स्काउट लिडर रेश्मा योगीले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]