
Lnp
Dus
Asb
Jns
Ggp
lnp
Sgp
Dbs
Rgp
Ggp
Lks
Usb
Rgp
ksb
Pbu
Rgp
Rgp


काठमाडौं । गोली हानेर दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरिएको छ ।
प्रहरीले टोखाको ग्राण्डी अस्पताल नजिकै गोली हानेर दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो । गोली चल्दा दुई जना प्रहरी पनि घाइते भएका छन् ।
प्रहरी निरीक्षक (इन्स्पेक्टर) राकेश यादवको टोलीले गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि प्रहरीले बरामद गरेको छ ।
नेपाल प्रहरीका एसएसपी कृष्ण कोइरालाका अनुसार घाइते हुने प्रहरीमा रवीन्द्र केसी र नवराज घिसिङ रहेका छन् । अनलाईनखबर
