Sidha Patra आइतबार, जेठ २५, २०८२

म्याग्दी । रघुगङ्गा गाउँपालिकामा एक महिने मगर (खाम) भाषा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । यो कार्यक्रम रघुगङ्गा गाउँपालिकाको आर्थिक सहयोगमा र पुन मगर समाजको आयोजनामा सञ्चालन हुन लागेकाे हो ।

प्रशिक्षण कार्यक्रम वडा नम्बर १ र ५ मा जेठ १८ गतेदेखि सुरु भइसकेको छ । वडा नम्बर १ को तिप्लाङस्थित कालिका माविमा शिक्षक र विद्यार्थीहरूलाई इर्धाशी( इराधा) झाक्री मगरले प्रशिक्षण दिइरहेका छन् । त्यस्तै,अन्तर्गतको बादुङ गाउँमा अमृत बुढा मगर,बेगको विभिन्न विद्यालयमा राकेश बुढा मगर र वडा नम्बर ५ को झिमा धनप्रसाद घर्ती मगरले प्रशिक्षण प्रदान गरिरहेका छन् ।

चार स्थानमा सञ्चालन भइरहेको यस प्रशिक्षणमा शिक्षक, विद्यार्थी र जनप्रतिनिधिहरु सहभागी छन् । चारै स्थान गरि १८५ जना प्रशिक्षार्थीहरुले प्रशिक्षण लिइरहेका छन् ।

रघुगङ्गामा सुरु हुनुअघि मालिका गाउँपालिकामा पनि १५ दिने मगर भाषा प्रशिक्षण सम्पन्न भइसकेको थियो,जसमा विज्ञ प्रशिक्षक कर्णबहादुर बुढा मगरको अगुवाइमा कार्यक्रम सञ्चालन गरिएको थियो । त्यसपछि,मागअनुसार रघुगङ्गामा एक महिनाको मगर खाम भाषा प्रशिक्षण सुरु गरिएको हो।

प्रशिक्षणमा सहभागी मगर समुदायले हराउँदै गएको आफ्नै मातृभाषा पुनः सिक्न पाउँदा खुशी व्यक्त गरेका छन् । उनीहरुको भनाइमा— “हामी हरायौं,तर अबको नयाँ पुस्ताका लागि हामीले केही अभिलेख राख्नैपर्छ भन्ने भनाई राखेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]