
Ggp
Sgp
Rgp
Rgp
Jns
Rgp
Ggp
Rgp
Dus
Pbu
ksb
Asb
Lks
Dbs
Lnp
lnp
Usb


धनगढी । कैलालीमा डेढ किलो बढी अफिम सहित दुई जनालाई प्रहरीले पक्राउ परेका छन् । लम्की-चुहा नगरपालिका वडा नम्बर–३,को चिसापानीमा रहेको प्याराडाइज होटलबाट एक किलो ७०६ ग्राम लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै पक्राउ पर्नेमा जुम्लाको गुठीचौर गाउँपालिका वडा नम्बर-४,बस्ने ३८ वर्षीय मेघराज खत्री र जाजरकोटको बारेकोट गाउँपालिका-३,का ३२ वर्षीय भक्तबहादुर शाही रहेका छन् ।
उनीहरुलाई विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । यस्तै उनीहरुलाई अहिले नियन्त्रणमा राखेर विशेष अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
