
Rgp
Pbu
Asb
Jns
Rgp
Rgp
lnp
Ggp
Sgp
Lks
Rgp
ksb
Ggp
Dus
Usb
Lnp
Dbs


धनगढी । एक वर्षदेखि कैलाली र कञ्चनपुरका किसानहरुलाई पावरटिलर मेसिन दिने भन्दै रकम असुलेर ठगी गरेको आरोपमा सुरो नेपालकी अध्यक्ष सुशिला खड्का ओझा सहित दुई जना पक्राउ परेकी छिन् ।
खड्का सँगै पावर टिलर बाँड्ने भन्दै किसानबाट रकम असुलीमा संलग्न रहेकी धनगढीको बंग्रा घर भएकी सुनिता चौधरीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहराले उनीहरुलाई शनिवार काठमाडौंबाट पक्राउ गरी कञ्चनपुर ल्याएको बताए।
त्यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिकाका स्थानीय किसानको ठगी सम्बन्धी उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक बोहराले जानकारी दिए । सुशिला खड्काले विभिन्न व्यक्ति, समूह, सहकारीलाई परिचालन गरी प्रति किसानबाट ५० हजारदेखि एक लाख ३० हजार रुपैयाँसम्म रकम संकलन गर्दैआएका छिन् ।
यस्तै उनको समूहले हालसम्म हजारौं किसानबाट रकम संकलन गरिए पनि हालसम्म पावरटिलर नदिएको प्रहरीले जनाएको छ ।
