Sidha Patra आइतबार, जेठ १८, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायातका ४ जना कर्मचारीविरुद्ध कागजात कीर्ते गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, रुपन्देहीमा कार्यरत तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुली सहित ४ जनाविरुद्ध गलत लिखत बनाइ सरकारी कागजात कीर्ते गरी भ्रष्टचार गरेको अभियोगमा शुक्रबार विशेष अदालतमा अख्तियारले आरोपपत्र दायर गरिएको हो ।

त्यस्तै यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र रुपन्देहीमा ०१-०८-००८३६६८७ सभ्यता केसीको मा बी एड हुनुपर्नेमा ०१-०८-०१०३१२६२ अर्कैको नामलाई परिवर्तन गरेर रकम लिई लाइसेन्स दिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।

रुपन्देही यातायातका तत्कालीन कम्प्युटर अपरेटर पराजुली र यातायात तुलसीपुरका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढा मगरले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, रुपन्देहीबाट ०७८ साल चैत ७ गते जारी भएको अरु नै आवेदकको आइडी ८४०१६८५ मा जारी भएको क्याटेगोरी बी– कार, जीप डेलिभरी भ्यानको सवारी चालक अनुमपतिपत्रको विवरण परिवर्तन गरी ट्रायल परीक्षामा सहभागी नै नभएका सभ्यता केसीलाई लाइसेन्स दिएको पाइएको हो ।

यस्तै यातायात व्यवस्था कार्यालयको अनलाइन डेटाबेस प्रणालीमा प्रत्येक आवेदकको फरक ‘अप्लिकेन्ट आइडी’ हुने जान्दाजान्दै पनि आरोपिहरुले मिलोमतोमा कागजात कीर्तेगरी लाइसेन्स जारी गरेको अनुसन्धानबाट खुल्न आएकाले उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ अन्तर्गतको कसुरमा सोही ऐनको दफा ९ र दफा ११ बमोजिम कैद र जरिवाना सजायको माग दाबी गरिएको अख्तियारले जनाएको छ ।

त्यस्तै सरकारी कर्मचारीसँगको मिलोमतोमा लाइसेन्स लिएकी रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका–४ की सभ्यता केसीविरुद्ध पनि कागजात कीर्तेकै अभियोगमा मुद्धा दायर गरिएको छ । केसीले यातायात व्यवस्था तथा नियमावली बमोजिम प्रक्रियामा भाग नलिइ नियतवश कागजात कीर्ते गर्ने कार्यमा संलग्न रहेको र नक्कली लाइन्सेस प्रयोग गरेको भन्दै मुख्य कसुरदारसरह नै सजाय माग दाबी गरिएको अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]