
Unsku
Rgp1
Rgp
Srbpu
sbs
Lnp
cjs
Pbu
Pes
Gfs
Sgr
pku
Djs
Ggp

Rgs
Ggd
Sls
Wsp
Tsm
Rgu
Hal
Pvg
Vor
Ksm
Sbs
nsb
Rgu
Rsb
Asm
Bbu
Bbbpu
Gst
Ssm

Rmb
Ptm
Abd
Jmb
bbt
Rpp
Pls
sab
Bml
Mks
Syp
Jmb
Gsb
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ठूला दलका ठूला नेताहरुले राजनीतिबाट विश्राम लिने घोषणा गरे अहिले देखिएका सवै आन्दोलन रोकिने बताएका छन् ।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा थापाले लोकतन्त्रमा एउटै जिम्मेवारीमा लामो समयसम्म एउटै अनुहार रहदा समाजलाई स्वीकार गर्न कठिन भएकाले ठूला दलका ठूला नेताहरुले राजनीतिबाट बिश्राम लिए अहिले देखिएको सबै आन्दोलन रोकिने बताएका हुन् ।
भ्रष्टाचार लगाएत खराव काम भइरहेको भन्दै थापाले जनताले तेर्साएका प्रश्नहरुलाई नेतृत्व तहमा बसेकाहरुले गम्भीर रुपमा लिनुपर्ने जिकिर गरे । राजनीतिक दलहरुले आफुलाई फरक ठान्न सकेमात्रै बिकृत गठबन्धनको राजनीति संस्कारलाई बाहिर निकाल्ने उनले बताए ।
त्यस्तै थापाले नेपालको राजसंस्था राजतन्त्रवादी भएकाले कहिले पनि संवैधानिक बनाउनै नसक्ने उल्लेख गरे । संवैधानिक राजसंस्था भनेर राप्रपाका नेताहरुले झुक्काउने काम गरेको उनको भनाइ छ ।
यस्तै उनले मुलुकमा राजतन्त्र आउँदैमा देशमा देखिएको रोजगारी लगायतका समस्या समाधान हुन नसक्ने तर्क गरे । नेपाललाइभ
