
Ssb
Bsn
Csb
Rsb
Tgp
Ksb
Ksb
Rks
Ssb
Ksb
Nsb
Ppu
Usb
Gsb

Ssb
Usb
Hl1
Gsb
Tsb

Nps
Rgu
ptl
धनगढी । कैलालीको जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीमाथि कालोमोसो लगाएको आरोपमा नेकपा बहुमतका एक नेतालाई प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै पक्राउ पर्नेमा धनगढी घर भएका बहुमतका नेता ३४ वर्षीय रमेश साउँदलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीले साउदलाई शुक्रवार बिहान धनगढी उपमहानगरपालिका क्षेत्रबाट पक्राउ गरिएको बताएको छ ।
यस्तै उनलाई अभद्र व्यवहार शीर्षकमा जोशीपुर गाउँपालिका अध्यक्ष चौधरीले दिएको किटानी जाहेरीका आधारमा पक्राउ गरिएको हो । साउद सहितका अन्य १० जनाका नाममा चौधरीले किटानी जाहेरी दिएका थिए । अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै उनीहरुले भ्रष्टाचारमा संलग्न रहेको भन्दै हालै जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीमाथि कालोमोसो दलेको भिडियो सार्वजनिक गरेका थिए । दिनेशखबर
