
Rgp
cjs
Pes
Unsku
Gfs
Srbpu
Ggp
Djs
Rgp1
Sgr
Lnp
sbs
Pbu
pku

Wsp
Bbu
Rgs
Hal
Ssm
Rsb
Bbbpu
Ksm
Sbs
Rgu
Vor
nsb
Rgu
Ggd
Gst
Sls
Tsm
Asm
Pvg

Pls
Rpp
Rmb
bbt
Abd
Jmb
Syp
sab
Bml
Ptm
Jmb
Gsb
Mks
रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले व्यवस्था परिवर्तन भएपनि सामन्तवादको जरा अझै काट्न नसक्दा गणतन्त्र बदनाम भइरहेको बताएका छन् ।
सामन्तवाद ढल्यो तर दलका नेताहरुमा रहेको ऐसआराम भोग गर्ने जीवन शैलीमा परिवर्तन नहुँदा नागरिकमा वास्तविक गणतन्त्रको अनुभूति हुन नसकेको उनले बताए । गणतन्त्र दिवसको अवसरमा जनपत्रकार संगठनले बिहीबार बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव विप्लवले ठूला शक्तिले पुरानै लठ्ठी चलाएर अब केही नहुने जिकिर गरे ।
‘देशका विभिन्न ठाउँमा पुगेर जनताका आवाज सुन्दा अहिलेको गणतन्त्रप्रति कोही खुशी छैनन् त्यसैले गणतन्त्र बदनाम भइरहेको उनले दाबी गरे । देशलाई आत्मनिर्भर बनाउन उत्पादनमा केन्द्रित हुनुपर्ने विप्लवको जोड छ । नेपाली किसानको उत्पादनले बजार नपाउने र आयातित सामग्रीले बजारको ठूलो हिस्सा लिदासमेत राज्यलाई कुनै चिन्ता नभएको उनको भनाइ थियो । ‘एक लाख ५६ हजार मध्यम वर्गीय व्यवसायी टाट पल्टिदैछन्’– अर्थतन्त्रमा कृषिको योगदान घट्नु विडम्बना र भ्रष्टीकरण हो, सबै चोचोमोचो लाएर खाएका छन् ।
पोखरा विमानस्थलमा १० अर्ब भ्रष्टाचार गरेको कुरामा तीन दल किन बोलेका छैन भन्दै प्रश्न गरे ? प्रधानमन्त्रीले लिएको समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा गलत रहेको बताउँदै आत्मनिर्भर उत्पादन, आत्मनिर्भर अर्थतन्त्रको नारा हुनुपर्ने उनको जिकिर छ । विप्लवले समाजवादी विचारधाराका शक्तिहरुबीच ध्रुवीकरण जरुरी रहेको भन्दै समाजवादप्रति अब खुला बहस जरुरी रहेको बताए । नेपालमा कस्तो समाजवाद हो ? यो बारेमा सबै दलमा खुला बहस आवश्यक छ । समाजवादमा बहस गर्न अब डराउने होइन । जनमत संग्रह गरेर भएपनि समाजवादमा जानुपर्नेछ ।
महासचिव विप्लवले भने– ‘२०६४ सालपछि स्थायित्व दिन नसक्नु माओवादी आन्दोलनको मुख्य कमजोरी हो । जनताले २०६४ सालमा साथ दिएका थिए, त्यो भन्दा पहिले जनयुद्धमा उस्तै साथ दिएका हुन् तर माओवादी आन्दोलनले त्यो जनविश्वासलाई संस्थागत गरी स्थायित्व दिन सकेन । यसमा गम्भीर समीक्षा हुनुपर्छ, अब रूपान्तरणको खाँचो छ, पुराना सोच, अभ्यास र प्रवृत्तिबाट बाहिर ननिस्कने हो भने परिवर्तन सम्भव छैन ।’ राजसंस्थाको पुनस्र्थापनाबारे चर्किएको बहसप्रति संकेत गर्दै उनले अब राजा आएर समस्या समाधान हुन्छ भन्ने सोच नै गलत भएको बताए । नयाँ युगबोध
