Sidha Patra शुक्रबार, जेठ १६, २०८२

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले व्यवस्था परिवर्तन भएपनि सामन्तवादको जरा अझै काट्न नसक्दा गणतन्त्र बदनाम भइरहेको बताएका छन् ।

सामन्तवाद ढल्यो तर दलका नेताहरुमा रहेको ऐसआराम भोग गर्ने जीवन शैलीमा परिवर्तन नहुँदा नागरिकमा वास्तविक गणतन्त्रको अनुभूति हुन नसकेको उनले बताए । गणतन्त्र दिवसको अवसरमा जनपत्रकार संगठनले बिहीबार बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव विप्लवले ठूला शक्तिले पुरानै लठ्ठी चलाएर अब केही नहुने जिकिर गरे ।

‘देशका विभिन्न ठाउँमा पुगेर जनताका आवाज सुन्दा अहिलेको गणतन्त्रप्रति कोही खुशी छैनन् त्यसैले गणतन्त्र बदनाम भइरहेको उनले दाबी गरे । देशलाई आत्मनिर्भर बनाउन उत्पादनमा केन्द्रित हुनुपर्ने विप्लवको जोड छ । नेपाली किसानको उत्पादनले बजार नपाउने र आयातित सामग्रीले बजारको ठूलो हिस्सा लिदासमेत राज्यलाई कुनै चिन्ता नभएको उनको भनाइ थियो । ‘एक लाख ५६ हजार मध्यम वर्गीय व्यवसायी टाट पल्टिदैछन्’– अर्थतन्त्रमा कृषिको योगदान घट्नु विडम्बना र भ्रष्टीकरण हो, सबै चोचोमोचो लाएर खाएका छन् ।

पोखरा विमानस्थलमा १० अर्ब भ्रष्टाचार गरेको कुरामा तीन दल किन बोलेका छैन भन्दै प्रश्न गरे ? प्रधानमन्त्रीले लिएको समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा गलत रहेको बताउँदै आत्मनिर्भर उत्पादन, आत्मनिर्भर अर्थतन्त्रको नारा हुनुपर्ने उनको जिकिर छ । विप्लवले समाजवादी विचारधाराका शक्तिहरुबीच ध्रुवीकरण जरुरी रहेको भन्दै समाजवादप्रति अब खुला बहस जरुरी रहेको बताए । नेपालमा कस्तो समाजवाद हो ? यो बारेमा सबै दलमा खुला बहस आवश्यक छ । समाजवादमा बहस गर्न अब डराउने होइन । जनमत संग्रह गरेर भएपनि समाजवादमा जानुपर्नेछ ।

महासचिव विप्लवले भने– ‘२०६४ सालपछि स्थायित्व दिन नसक्नु माओवादी आन्दोलनको मुख्य कमजोरी हो । जनताले २०६४ सालमा साथ दिएका थिए, त्यो भन्दा पहिले जनयुद्धमा उस्तै साथ दिएका हुन् तर माओवादी आन्दोलनले त्यो जनविश्वासलाई संस्थागत गरी स्थायित्व दिन सकेन । यसमा गम्भीर समीक्षा हुनुपर्छ, अब रूपान्तरणको खाँचो छ, पुराना सोच, अभ्यास र प्रवृत्तिबाट बाहिर ननिस्कने हो भने परिवर्तन सम्भव छैन ।’ राजसंस्थाको पुनस्र्थापनाबारे चर्किएको बहसप्रति संकेत गर्दै उनले अब राजा आएर समस्या समाधान हुन्छ भन्ने सोच नै गलत भएको बताए । नयाँ युगबोध

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]