
Rgp
Rgp
Sgp
Lks
Lnp
Ggp
Rgp
Jns
lnp
Usb
Dus
Dbs
Pbu
ksb
Asb
Rgp
Ggp


दाङ । गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलले विपदको समय आउनै थालेको भन्दै विपद ब्यवस्थापनमा स्थानीय सरकारसंगै सबै सरोकारवालाहरु जुट्न आग्रह गरेका छन् ।
दलित सचेतना अभियान दाङको आयोजना र लुम्बिनी प्रदेश सरकारको आन्तरीक मामिला तथा कानून मन्त्रालयसंगको समन्वय सहकार्यमा बिहिवार देउखुरीको गढवामा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै पालिका प्रमुख पोखे्रलले यस्तो बताएका हुन् ।
गढवा गाउँपालिका विपद् जोखिमका हिसावले जिल्लामै संबेदनशिल पालिका भएको बताउँदै विपद् ब्यवस्थापन,प्रतिकार्य,राहात तथा उद्धार र पुर्नस्थापना तथा पर्ननिर्माणका चरणहरुलाई मजबुत बनाउन स्थानीय सरकारले मात्रै नभ्याउने भएकोले पालिका स्तरीय विपद ब्यवस्थापन समिति र सरोकारवाला सबै एक भएर लाग्नुपर्ने बताए । अव लगत्तै विपद्को बैठक बसी योजनाहरु निर्माण गर्ने र विपद् प्रतिकार्य तथा उद्धार टोलीलाई हाईअलर्ट राख्नुपर्ने बेला आएकोले गाउँपालिकाले यि सबै तयारीहरु सुरु गर्ने उनले बताए ।
विपद्मा महिला, वालवालीका र जेष्ठ नागरिकहरुको सुरक्षा सम्बन्धमा विपद् ब्यवस्थापन रणनितीक योजना बमोजिम कार्यान्वयन अगाडी बढाउन सर्बपक्षिय सरोकारवालाको साथ जरुरी रहने अध्यक्ष पोखे्रलले बताए । पालिकाले गतबर्ष २५ जनाको सिविआरटि स्वयंसेवक दल तयार गरि विपद् ब्यवस्थापन र प्रतिकार्य तालिम प्रदान गरेको थियो ।
अभियानका जिल्ला अध्यक्ष शसिराम नेपालीको अध्यक्षता र पालिकाका प्रमुख पोखे्रलको प्रमुख आतिथ्यमा विपद्मा महिला,वालवालीका तथा जेष्ठ नागरीकहरुको सुरक्षा सम्बन्धि एक दिवसीय कार्यशाला बिहिवार सामुदायिक पुस्तकालयमा सम्पन्न भएको छ । अभियानले पिपद ब्यवस्थापनमा स्थानीय सरकारलाई जगरुक बनाउन पूर्व तयारीका निम्ति सचेत हुन आग्रह गरेको हो ।
कार्यक्रममा विपद ब्यवस्थापन बिज्ञ तेजप्रसाद पाण्डे र सुभाष भट्टराईले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा गढवा ६ का वडा अध्यक्ष बिरबहादुर आले,बिपद ब्यवस्थापन शाखाका चन्द्रप्रकाश वली,महिला तथा वालवालीका शाखाका प्रमुख प्रेरणा चन्द तथा स्थानीय संघसंस्थाका प्रतिनिधी,महिला,वालवालीका,जेष्ठनागरिक,प्रहरी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

