
Dus
Asb
Pbu
Rgp
Jns
Lnp
Sgp
Dbs
Ggp
lnp
Lks
Usb
ksb
Ggp
Rgp
Rgp
Rgp


काठमाडौँ । राजसंस्था पक्षधरहरुको जेठ १५ गते आज सुरु भएको आन्दोलनको पहिलो दिन ठूलो संख्यामा समर्थकहरुले टुँडिखेल परिक्रमा गरेका छन् ।
काठमाडौँका विभिन्न सात स्थानबाट रत्नपार्कको शान्तिबाटिका जम्मा भएका प्रदर्शनकारीहरूले त्यहाँबाट रत्नपार्क, भद्रकाली, सहिदगेट, सुन्धारा, वीर अस्पताल हुँदै फेरि रत्नपार्क नै आएको छ । प्रदर्शनमा हजारौँको संख्यामा समर्थकहरु भेला भएका छन्।
त्यस्तै काठमाडौँका सिफल, सुन्धारा, त्रिपुरेश्वर, मैतिदेवी मन्दिर, नक्साललगायतका स्थानबाट आएको जुलुस रत्नपार्कमा आएको हो । घामको परवाह नगरी प्रदर्शनकारीहरु छाता ओढेरै भएपनि प्रदर्शनमा सहभागी भएका थिए ।
