
Rgp
Jns
ksb
lnp
Ggp
Rgp
Dbs
Sgp
Asb
Rgp
Rgp
Lnp
Usb
Lks
Dus
Ggp
Pbu


दाङ । तुलसीपुरमा एक पुरुषको शव सडेको अबस्थामा फेला परेको छ । बुधबार आज बिहान ७: २० वजे तुलसीपुर–३, सिरखोला एक पुरुषको शब फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै प्रहरीका अनुसार शब गलिसकेको अवस्थामा छ । टाउको र खुट्टा गलिसकेको हुँदा छुटीएको अवस्थामा शब फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले जानकारी दिए । शब गलिसकेको अवस्थामा रहेको कति उमेरको समेत यसै भन्न नसकिने अवस्था रहेको डिएसपी ठकुरीले बताए ।
उनका अनुसार करिब डेढ महिना अघि नै मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । घटना स्थलनजिकै बंगुर फर्म छ । बगुंर फममा काम गर्नेले बिहान शबलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थलबाट शबलाई उठाएर राप्ती प्रादेशिक अस्पतालको शब गृहमा राखेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेकोप्रहरीले जनाएको छ ।
