Sidha Patra शुक्रबार, जेठ ०९, २०८२

दाङ । तुलसीपुरका विभिन्न होटलमा प्रहरीले छापा मार्दा अनैतिक धन्दामा संलग्न रहेका १७ जना पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५, स्थित बसपार्क क्षेत्रमा सञ्चालनमा रहेका करिब ८ वटा होटलमा अनैतिक क्रियाकलाप हुँदै आएको सूचना एवं जनगुनासोका आधारमा प्रहरीले शुक्रबार आज एकैपटक छापा मारेको हो ।

करिब डेढ महिनासम्मको सुक्ष्म अनुसन्धानपछि रुकमेली खलंगा गेष्ट हाउस सहित होटलहरुमा एकसाथ कारबाही गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ( डिएसपी ) अनिल ठकुरीले जानकारी दिए । “हामीकहाँ बारम्बार जनगुनासो आउँथ्यो । अनुसन्धानपछि निश्चित प्रमाणहरू भेटिएपछि एकैसाथ ७/८ वटा होटलमा छापा मार्यौं,” डिएसपी ठकुरीले भने ।

त्यस्तै पक्राउ परेकाहरुमा होटल सञ्चालक सहित ९ जना पुरुष र ८ जना महिला रहेका छन् । उनीहरुलाई अहिले नियन्त्रणमा राखि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

डिएसपी ठकुरीले तुलसीपुर क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न र अनैतिक तथा आपराधिक क्रियाकलाप नियन्त्रणमा लिन निरन्तर प्रयास गरिरहेको बताए । “हामी शान्ति सुरक्षालाई बलियो बनाउने र अनैतिक गतिविधि बढ्न नदिने अठोटसाथ काम गरिरहेका छौँ,” उनले भने, “यो कारबाही त्यसैको निरन्तरता हो।” उनका अनुसार अनुसन्धानको क्रममा थप विवरण खुलेपछि पक्राउ परेकाहरुको नाम सार्वजनिक गरिने छ ।

त्यस्तै डिएसपी अनिल ठकुरी तुलसीपुर प्रहरी प्रमुख बनेको आठ महिनामात्रै भएको छ । तर यस अवधिमा उनले लागूऔषध कारोबार नियन्त्रण,ज्यान मुद्दाका फरार प्रतिवादीको पक्राउ जस्ता महत्वपूर्ण घटनामा सफलता हासिल गर्दै आएका छन् । महिनैपिच्छे कुनै न कुनै आपराधिक घटनाको अनुसन्धान गरी सफलता हात पार्दै आएका डिएसपी ठकुरीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयका तत्कालीन डिआईजी दान बहादुर कार्कीले उत्कृष्ट कार्य प्रदर्शनको आधारमा नगद सहित सम्मान गरेका थिए ।

यस्तै स्थानीयबासीहरुले प्रहरीले चालेको कदमको स्वागत गरेका छन् । तुलसीपुर बसपार्क क्षेत्र विगत केही समयदेखि आपराधिक गतिविधिको केन्द्र बन्दै गएको भन्दै उनीहरुले नियमित निगरानी र कडा कारबाहीको माग गरेका छन् । “यस्ता अनैतिक धन्दाले समाजमा विकृति बढाउँछ,” एक स्थानीय वासीले भने,“प्रहरीको सक्रियता प्रशंसनीय छ, यसलाई निरन्तरता दिनुपर्छ।”सित्लापुरबाट

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]