
Rgp
Dus
Lks
Lnp
Usb
Rgp
Asb
Ggp
Pbu
lnp
Ggp
ksb
Jns
Dbs
Rgp
Rgp
Sgp


बैतडी । बैतडी सदरमुकाम भएर आज भूकम्प भएको छ । सुर्खेत स्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार बैतडीको खलङ्गा केन्द्रबिन्दु भएर बिहान १ः४८ बजे पाँच दशमलव एक र २ः०० बजे तीन दशमलव सात रेक्टर स्केलको भूकम्प भएको हो ।
लगातार दुईपटक कम्पन भएपछि त्यहाँका स्थानीय घर बाहिर निस्केका थिए । भूकम्पको धक्का दार्चुला, बझाङ,डडेल्धुरामा धक्का महसुस गरिएको केन्द्रका प्रमुख तिमल्सिनाले बताए ।
त्यस्तै भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन कार्य भइरहेको स्थानीय जनप्रतिनिधिले जानकारी दिएका छन् । मानवीय क्षतिको विवरण प्राप्त नभए पनि केही पुरानाघरहरु चर्किएको पाइएको छ ।
