Sidha Patra बुधबार, जेठ ०७, २०८२

रोल्पा । बैतडीको पाटनबाट सुरु गरिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको शीर्ष नेतृत्व मध्यपहाडी लोकमार्ग अभियान बुधबार आज रोल्पा पुगेको छ ।

रोल्पाको थवाङमा अभियान टोलीको भव्य स्वागत गरिएको थियो । स्थानीयवासी र पार्टीका नेताहरुले अध्यक्ष प्रचण्डसहितको टोलीलाई स्वागत गरेका हुन् । स्वागतमा रोल्पा क्षेत्रका जनप्रतिनिधिसमेत रहेका माओवादी उपमहासचिव वर्षमान पुन सहभागी भएका थिए ।

त्यस्तै थवाङ माओवादी जनयुद्धका दिनमा अध्यक्ष प्रचण्डको महत्वपूर्ण सेल्टर थियो । यस्तै रोल्पाको लाबाङ तत्कालीन माओवादी आन्दोलनको एक ऐतिहासिक बैठकस्थलका रूपमा चिनिन्छ,जहाँबाट महत्वपूर्ण रणनीतिहरू तय गरिएको थियो ।

त्यस्तै यहाँ जिल्ला पार्टीले अहिले आयोजना गरेको जनसभालाई अध्यक्ष प्रचण्डसहित नेताहरूले सम्बोधन गरिरहेका छन् । अभियान टोली आज राति रोल्पामै बास बस्ने कार्यक्रम रहेको सचिव तथा प्रदेश इन्चार्ज चन्द्र प्रकाश खनाल (बलदेव)ले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]